गल्कोट समाज जापानको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा थापा

galkotजापान । नेपालको बाग्लुङ जिल्ला गल्कोट क्षेत्रबाट जापान आएर विभिन्न पेशा व्यवसाय गर्दै आएका जापानबासी गल्कोटेहरुको साझा संस्था गल्कोट समाज जापानको चौंथो अधिवेशन २०१६ अगष्ट २४ मा टोकियोमा भव्यताका साथ सम्पन्न भएको छ ।

समाजको चौथो अधिवेशनले २०१६-१८ कार्यकालको लागि नरबहादुर थापाको अध्यक्षतामा ३१ सदस्यीय कार्यकारि समिति सर्वसम्मत चयन गरेको छ ।galkot-samaj-adhibesan (3)

निर्वाचत समितिको वरिष्ट उपाध्यक्षमा दिलु खत्री (टोकियो), उपाध्यक्षहरुमा भवानी पन्त (नागोया), कालिका थापा (टोकियो), दिपक केसी (नागोया), नर बहादुर थापा (नागोया), रतन थापा (टोकियो) रहेका छन् ।

त्यस्तै गरि समितिको महासचिवमा सम्मर बस्नेत(ओसाका), सचिवमा तेज चालिसे(ओसाका) र कृष्ण केसी(सिजुओका) रहेका छन् । कोषाध्यक्षमा बिजय भण्डारी(टोकियो), सह- कोषाध्यक्षमा रामु चालिसे(ओसाका) रहेका छन् ।galkot-samaj-adhibesan (1)

त्यस्तै गरि सदस्यहरुमा राजेन्द्र श्रेष्ठ (नागोया), नबिन निउरे (टोकियो), रमेश गौतम (नागोया), जगत थापा (ओसाका), लोकेश खत्री (टोकियो), रत्न सिंह बस्नेत (टोकियो), भिम क्षेत्री (टोकियो), सबिता श्रेष्ठ (टोकियो), भोजेन्द्र सुवेदी (टोकियो), सुमित खत्री (ओसाका), धन खत्री (टोकियो), अमर भण्डारी (नागोया), झम खत्री (नागानो), दिला गैरे (टोकियो), यदुराम सापकोटा (टोकियो), विपिन कंडेल (फुकिओका), बिष्णु केसी (टोकियो), हेमन्त खत्री केसी (टोकियो), ईश्वर श्रेष्ठ (टोकियो) रहेका छन् ।

अधिवेशनले निवर्तमान उपाध्यक्ष याम खत्री संयोजक रहने गरि सल्लाहकार समिति समेत गठन गरेको छ ।galkot-samaj-adhibesan (2)

सल्लहाकार समितिको सदस्यहरुमा बेलु थापा, पदम मल्ल, शन्त खत्री, बाबुराम सापकोटा, टंक गैरे, पम खत्री, तेजेन्द्र थापा, खडक बस्नेत, हिरा शेरचन, केहरसिंह बस्नेत, गमन बुढाथोकी, चन्द्र खत्री, रामु खड्का, पदम बुढाथोकी, रामकृष्ण बम मल्ल, आनन्द बस्नेत, धन बहादुर खत्री, झम्पलाल गैरे, डिलाराम सापकोटा, रामु अधिकारी चयन भएका छन् ।

अधिबेशनले संस्थाको अभिभावकीय भूमिकाको लागि संरक्षण समितिको गठन गरेको छ । समितिको संयोजकमा संस्थाका संस्थापक अध्यक्ष कृष्ण गौचन र सदस्यहरुमा मोहन खत्री, हर्क थापा, गोबिन्द श्रेष्ठ, आत्माराम गैरे रहेका छन् ।

संरक्षण समितिमा केन्द्रीय समिति निवर्तमान अध्यक्षहरु थपिदै जाने र गल्कोट समाज जापान रहँदासम्म संरक्षण समिति क्रियाशील रहने जनाईएको छ ।

अधिवेशनको बन्दसत्र संस्थाका निवर्तमान महासचिव भवानी पन्तले संचालन गरेका थिए भने अधिवेशनको सभापतित्व निवर्तमान अध्यक्ष हर्क थापाले गरेका थिए । अधिवेशनको स्वागत मन्तव्य भने निवर्तमान वरिष्ट उपाध्यक्ष नर बहादुर थापाले राखेका थिए

 त्यस्तै शुभकामना मन्तव्य बहने संस्थापक अध्यक्ष कृष्ण गौचन, सल्लाहकारहरु आत्माराम गैरे, गोबिन्द श्रेष्ठ (रोविन्द), खडक बस्नेत, बेलु थापा, तेजेन्द्र थापा र बाबुराम सापकोटाले राखेका थिए ।

कार्यक्रममा २०१४-१६ कार्यकालको कार्यकारिणी समितिको प्रगति प्रतिवेदन संस्थाका निवर्तमान सचिव सम्मर बस्नेतले र आर्थिक प्रतिवेदन निवर्तमान कोषाध्यक्ष दिपक केसीले पेश गरेका थिए । प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन अधिवेशनमा सर्वसम्मत पारित भएको थियो ।

अधिवेशनमा निवर्तमान अध्यक्ष हर्क थापाले संस्था जापानमा कानुन बमोजिम एन पी ओ दर्ता भइसकेको जानकारी दिदै उक्त बिषयमा प्रकाश पारेका थिए

 साथै आफ्नो कार्यकालमा संस्थाका योजना परियोजना र सबै अभियानमा सहयोग गर्ने पदाधिकारी, सल्लाहकार र जापानबासी सम्पूर्ण नेपालीहरु, संघ संस्था र संचारकर्मीहरुलाई विशेष धन्यवाद दिंदै आभार व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?