भक्तपुरमा विद्यालय निर्माण गर्न जापनमा रहेका नेपाली widhy

जापान । जापानमा रहेको एभरेष्ट इन्टरनेसनल र जापान निहोन लरिएलको सहयोगमा भक्तपुरमा विद्यालय निर्माण भएको छ ।

bhaktapur-school-japan-help (1)

भवनको निर्माणका लागि जापानमा सञ्चालित एभरेष्ट इन्टरनेशनल स्कुलमा अध्ययनरत विद्यार्थीहरुले चन्दा संकलन गरेका थिए ।

भविष्यका लागि प्रोजेक्ट (Build a Future Project) तयार बनाएर संस्थाहरुले भूकम्पबाट प्रभावित जिल्लाहरुमा सार्वजनिक विद्यालयहरुको निर्माण गर्न लागेका हुन् ।

सो प्रोजेक्ट अनुसार भूकम्पले पूर्ण रुपमा क्षतिग्रस्त बनेको भक्तपुरको सुर्यविनायक नगरपालिका, वडा न १३ मा रहेको श्री महांकालेश्वर प्राथमिक विद्यालयलाई निर्माण गरिएको हो ।
नयाँ  विद्यालयको ५ कोठाको भूकम्प प्रतिरोधी पक्कि भवन २,६९५,५५८  नेपाली रुपैयाँ लागतमा बनेको हो ।bhaktapur-school-japan-help (4)
विद्यालय परिसर भित्र २४ अगष्टमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर खत्रीको सभापतित्व तथा शिक्षा मन्त्रालयका सचिव डिल्लीराम रिमालको प्रमुख आतिथ्यमा भवन उद्घाटन भएको हो ।bhaktapur-school-japan-help (6)

कार्यक्रममा भक्तपुर जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझी, एभरेष्ट इन्टरनेसनल स्कुल, जापानका प्रधानाध्यापक प्रदिप थापा तथा इन्जिनियर झविन्द्र घिमिरे विशेष अतिथिको उपस्थित रहेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै श्री महांकालेश्वर प्राथमिक विद्यालयका प्रधानाध्यापक कृष्णहरी कार्कीले विद्यालय पुनःनिर्माणमा सहयोग गर्ने दाताहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।bhaktapur-school-japan-help (10)

कार्यक्रमका प्रमुख अतिथि रिमालले विद्यालको भौतिक निर्माणका गतिबिधी सँगै पठनपाठनको गुणस्तरमा बिशेष ध्यान दिन सुझाव दिएका थिए ।
साथै एभरेस्ट इन्टरनेसनल स्कुल, जापान र माहाकालेस्वर विद्यालय बिचमा शैक्षिक सहकार्यलाई बढवा दिन आग्रह गर्दै एभरेस्ट इन्टरनेसनल स्कुल, जापान र निहोन लरियलले गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।
त्यस्तै भक्तपुर जिल्ला शिक्षा अधिकारी अर्जुन बहादुर रायमाझीले दाताहरुलाई धन्यवाद दिंदै विद्यालयलाई आवश्यक पर्ने शिक्षकको दरबन्दीका लागि आवस्यक पहल गर्ने आश्वासन दिएका थिए ।bhaktapur-school-japan-help (11)

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा एभरेष्ट इन्टरनेसनल स्कुलका प्रधानध्यापक प्रदिप थापाले जापान एभरेस्ट इन्टरनेसल स्कुल तथा लरियल जापानको बारेमा प्रकाश पार्दै नेपालको बिनाशकारी भूकम्प पश्चात एभरेस्ट इन्टरनेसनल स्कुलका विद्यार्थिहरुको सक्रिय सहभागीतामा गरिएको सहयोग रकम संकलन कार्य र त्यसमा जापानी नागरिकहरुले गरेका सहयोगको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

कार्यक्रममा Build a Future Project अन्तर्गत पुनःनिर्माण गरिएको महांकालेश्वर प्राथमिक विद्यालय परिवारलाई शुभकामना दिदै निहोन लरियलकि उपाध्यक्ष माकी इमुरा, सुगिनामी कोकुसाइ कोउर्योक्योकाइका डाइरेक्टर कजुहिरो ताकाहासी र एभरेस्ट इटरनेसनल स्कुल, जापानका संचालक समिति अध्यक्ष डा. भुपाल मान श्रेष्ठको शुभकामना सन्देश सुनाइएको थियो ।

bhaktapur-school-japan-help (8)
त्यस्तै इन्जिनियर डा. झबिन्द्र घिमिरेले विद्यालय भवनको भुकम्प प्रतिरोधक संरचनाका बिषयमा बोल्दै विद्यालय पठनपाठनमा विशेष ध्यान दिएमा निजी विद्यालयमा जाने विद्यार्थिहरुलाई पनि सार्वजनिक विद्यालयहरुमा आकर्षित गर्न सकिने उपाय व्यक्त गरेका थिए ।

विद्यालयमा विद्यार्थी र समुदायलाई लक्षित गरेर विपद ब्यबस्थापन सम्बन्धी गतिबिधीहरु गर्दै एभरेष्ट इन्टरनेसनल स्कुलका तर्फबाट श्री महांकालेश्वर विद्यालयसंग दिर्घकालिन सहकार्य गर्न कार्यक्रममा प्रतिबद्दता गर्दै एभरेष्ट इन्टरनेसनल स्कुलले लगत्तै भूकम्प अति प्रभावित गोरखा, दोलखा र सिन्धुपाल्चोकमा समेत एकएक वटा भवन निर्माण गर्ने लक्ष्य लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?