अनुसन्धानको लागि ह्वेल पकड्ने जापानी जहाजमाथीको हमला बन्द गरिने

whaleजापान ।अनुसन्धानको लागि ह्वेलको शिकार गर्ने एक जापानी संस्थान अमेरिकामा स्थित ह्वेलको शिकार गर्न विरोध गर्ने समुह सी शेपहर्डसंग एक अदालती सम्झौतामा पुगेको छ ।

जापान स्तनपायी समुद्री जीव अनुसन्धान संस्थानको प्रतिनिधीको अनुसार शेपहर्डलाई जापानद्धारा ह्वेल माछा पकड्न गतिरोध ल्याउने कार्यमा स्थायी रुपमा रोक लगाएको छ ।

यस संस्थानले जापानी सरकारको अनुमति अनुसार अनुसन्धानको उदेश्य अनुरुप ह्वेल पक्ड्ने गर्दछ । उक्त संस्थाले ह्वेल पक्डता हमला गर्ने शेपहर्ड समुहलाई हमला रोक्नको लागि रिट दायर गरेको थियो ।  सम्झौता अनुरुप जापानी पक्षले सी शेपहर्ड पक्षलाई रकम भुक्तान गर्नुपर्ने तर उक्त धनराशी कति हो भन्ने निश्चित गरिएको छैन ।

सम्झौतामा अष्ट्रेलिया तथा अन्य स्थानमा रहेका सी शेपहर्ड समुहलाइ यस शेपहर्ड समुहले वित्तीय सहायता पुर्याउन सहयोग  पुग्ने खालका कानुनी प्रक्रिया नभएको बताइएको छ ।

यस्ता समुह आन्टार्टटिक महासागरमा अनुसन्धानका लागि ह्वेलको शिकार गर्ने जापानीज समुहमाथी हमला गर्ने गर्दछ । अस्ट्रेलियामा रहेको एक शेपहर्ड समुहले भने यो सम्झौताले आन्टार्टिकाका ह्वेललाइ बचाउने प्रक्रियामा कुनै असर नपर्ने बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?