जापानको आर्थिक प्रोत्साहनको लागि ३२.८ अरब डलरको बजेट पेश गरिने

जापान । आर्थिक प्रोत्साहनका लागि जापान सरकारले ३२ अरब ८० करोड डलरको एक पुरक बजेट तयार गरिरहेको छ ।यो महिनाको सुरुवातमा सरकारले लगभग २ खरब ८० अरब डलर मूल्यको एक आर्थिक प्रोत्साहन प्याकेज घोषणा गरेको थियो ।

japanese-pm-shinzo-abe

अतिरिक्त बजेट बाट ७ अरब १० करोड डलरको धनराशी बच्चाहरुको पालन पोषण तथा कम आय भएका मानिसहरुलाई एक पटक दिने भत्ताको लागि सुनिश्चित गरिएको छ ।

लगभग 14 अरब डलर विभिन्न  विकासका परियोजनाहरुमा खर्च गर्ने जनाईएको छ । ठूला पानी जहाजको अनुकूल बन्दरगाहहरुको निर्माण जस्तो परियोजना यसमा परेका छन् ।
दक्षिणपश्चिमी जापानको भूकम्पले ग्रस्त कुमामोतो इलाका तथा सुनामीले नष्ट पारेको  पूर्वी इलाकाको पुनः निर्माणमा मद्दत गर्नको लागि सरकारले फरक तरिकाले १४ अरब डलरको धनराशी तत्काल उपलब्ध गराउने भैसकेको छ ।

बुधवार बस्ने जापानको मन्त्रीमण्डलको बैठकले त्यो बजेटलाई सदर गर्दै एक वर्ष पछि वैधानिक अनुमोदनको लागि संसदमा पठाउनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?