विवादका बीच जनसम्पर्क समिति जापानको निर्वाचन गराउने श्रेष्ठद्वारा राजिनामा

टोकियो । नेपाली कांग्रेस निकट प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानले निर्वाचन बारेको आफ्नो धारणा विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ ।

निर्वाचन समितिका संयोजक महेश कुमार श्रेष्ठले निर्वाचन सम्बन्धी सबै प्रक्रियाको जिम्मेवारी लिंदै संयोजकबाट राजिनामा समेत दिएका छन् ।

उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘यस निर्बाचन प्रक्रियाको सम्पूर्ण जिम्मेवारी लिंदै आजकै मिति देखि लागू हुने गरी निर्बाचन समितिको संयोजक पदबाट राजिनामा दिएको घोषणा गर्न चाहन्छु । मेरो राजिनामासंगै निर्बाचन संबन्धी थप अन्योलता सृजना नहोस् भन्ने अभिप्रायले निर्बाचन समितिले अगष्ट १९ तारिख निर्वाचन सम्वन्धी निमावलीको दफा २ को ग अनुसार गठन गरेको उच्च स्तरिय विवाद समाधान समितिलाई कायमै राखिएको जानकारी गराउन चाहन्छौं ।’

साथै श्रेष्ठले नेपाली कांग्रेसको निर्वाचन तत्काल रोक भन्ने आदेश अनुसारनै जनसम्पर्क समितिको निर्वाचनका सबै कार्यक्रमहरु स्थगन गरिएको पनि बताएका छन् ।

संयोजक श्रेष्ठले निर्वाचन बारे आफुले गरेको कामहरुको बारेमा स्पष्टीकरणको फेहरिस्त पनि बुझाएका छन् । जनसम्पर्क समितिले निर्वाचन अवधिमा गरेका क्रियाकलापको विषयमा उठेका विषय र विवादहरु बारे श्रेष्ठले कारण सहित स्पष्टिकरण दिएका छन् ।

श्रेष्ठले निर्वाचन बारे उठेका विवादहरुलाई मुख्य दुई बुँदामा राखेर स्पष्टिकरण दिएका छन् । उनले पहिलो विवादलाई ‘निर्बाचनको अघिल्लो रात २ बजे फेसबुक मार्फत निर्बाचन गर्ने निर्णय गरियो’ भनेर उठाएका छन् भने दोस्रो विवादलाई’ नेपाली कांग्रेस केन्द्रिय समितिले निर्बाचन स्थगन गर्न निर्देशन दिंदा दिदै पनि निर्बाचन समितिले केन्द्रिय समितिको निर्देशन नमानी आफूखुशी निर्बाचन गरायो ।’ भनेर स्पष्टिकरण दिएका छन् ।

विज्ञप्ति र स्पष्टिकरण सहित

जनसम्पर्क समिति जापानको निर्बाचन समितिको स्पष्टीकरण
अगष्ट १३ तारिख देखि शुरु भएको निर्बाचन प्रक्रियामा निर्बाचन समितिले गरेका निर्णयका विषयमा उठाईएको विवाद र स्पष्टीकरण:
विवाद नं १ > निर्बाचनको अघिल्लो रात २ बजे फेसबुक मार्फत निर्बाचन गर्ने निर्णय गरियो /
स्पष्टीकरण: अगष्ट २१ तारिखमा निर्बाचन हुने कुरा धेरै अगाडी जनसम्पर्क समितिको कार्यसमितिले निर्णय गरी निर्बाचन समितिलाई सोहि दिन मतदानको व्यबस्था मिलाउनको लागि निर्दशन दिए अनुशार निर्बाचन समितिले अगष्ट २१ तारिख निर्बाचन गरिने कार्यतालिका अगष्ट १३ तारिख नै सबैलाई जानकारी गराईएको थियो / सोहि कार्यतालिका अनुसार निर्बाचन गर्नकालागि निर्बाचन समितिले अन्तिम तयारी गरिरहेको अबस्थामा निर्बाचनको अघिल्लो दिन साँझ ६ बजे नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट अचानक पत्र आइसके पछि केहि अन्योलता छाएको थियो/ निर्बाचन समितिले तत्काल उच्चस्तरिय विवाद समाधान समितिको बैठक डाकी उक्त पत्रको बारेमा रातको १२ बजे सम्म गहन छलफल चलाएको थियो/ उक्त छलफलबाट कुनै टुंगोमा पुग्न नसके पछि निर्बाचन समितिले नेपालका कानूनविदहरुसंगको सल्लाहमा निर्बाचनको कार्यतालिकामा कुनै फेरवदल नगर्ने ठहर गर्दै निर्बाचन कार्यतालिका अनुसार नै निर्बाचन गर्ने निर्णय गरेको थियो/
अगष्ट २० तारिखको रात निर्बाचन नहुने हो कि भन्ने गलत हल्ला चलेकोले ढिलै भएपनि मतदाताहरुलाई जानकारी गराउनु उपयुक्त हुन्छ भन्ने निश्चल मनशायले फेसबुकमार्फत जानकारी गराईएको हो/ निर्बाचन समितिले अगष्ट २१ तारिख निर्बाचन हुदैन भनेर अधिकारिक रुपमा जानकारी गराई नसकेको अबस्थामा ह्ल्लाको भरमा निर्बाचनमा सहभागी नहुनेहरूका लागि निर्बाचन समितिले कुनै जिम्मेबारी लिन नसक्ने जानकारी गराउन चाहन्छौं/
विवाद नं २> नेपाली कांग्रेस केन्द्रिय समितिले निर्बाचन स्थगन गर्न निर्देशन दिंदा दिदै पनि निर्बाचन समितिले केन्द्रिय समितिको निर्देशन नमानी आफूखुशी निर्बाचन गरायो /
स्पष्टीकरण: नेपाली कांग्रेसको अगष्ट २० को पत्रमा निर्बाचन स्थगनगर्ने कुनै स्पष्ट निर्देशन नभएकोले निर्बाचन समितिले बिभिन्न कानूनविदहरुसंग छलफल गरी निर्बाचन रोक्नु नपर्ने व्याख्याका आधारमा निर्बाचन तालिका अनुसार नै निर्बाचन गराइएको थियो /
नेपाली कांग्रेसको उक्त पत्रमा “क्रियाशिल सदस्यले आफ्नो सदस्यता नेपालको कुनै गाउँ, नगर वा नगरको वडामा स्थानान्तर गर्न र पार्टीको निर्वाचनमा भाग लिन सक्नेछ तर पार्टीको कुनै तहका निर्वाचन मिति भन्दा ६ महिना अघि स्थानान्तर भएकाले मात्र निर्वाचनमा भाग लिन पाउनेछ” भन्ने स्पष्ट व्यवस्था गरिएता पनि नेपालमा क्रियाशिल सदस्य भइ विदेशमा वसोवास गरेका क्रियाशील सदस्यहरुको विधानमा कुनै पनि व्यवस्था नभएकोले सोहि अनुशार अन्तराष्ट्रिय स्थानान्तरका सम्वन्धमा गर्न, गराउनका लागि निर्देशन जारी गरिएको थियो/
उक्त पत्रमा नेपाली कांग्रेसको विधानमा स्थानान्तर सम्वन्धी कुनै व्यवस्था नभएकोले सोही अनुसार गर्नु भन्ने पत्रको आशयलाई जनसम्पर्क समितिको विधान अनुसार नै गर्नू भन्ने कानूनी व्याख्या निर्वाचन समितिले गरी जनसम्पर्क समिति जापानको संसोधित विधान २०१६ को दफा ७.१वमोजिम नेपालका जिल्लाहरुवाट स्थानान्तर भइ आउने क्रियाशिल सदस्यहरुलाई जनसम्पर्क समिति जापानको क्रियाशिल सदस्यको रुपमा मान्यता दिई यहि २०१६ अगस्ट २१ तारिख निर्वाचन समितिको तालिका अनुसार नै स्थान्तरित क्रियाशील सदस्य सहितको निर्वाचन प्रतिनिधी नामावली अनुसार निर्वाचन गराइएको थियो /
अर्को तर्फ निर्बाचन संबन्धी सम्पूर्ण प्रक्रियाहरु (जस्तो : हलको व्यवस्था, मतपत्र, मत पेटिका को व्यबस्था, क्षेत्रिय निर्बाचन समितिको गठन, उमेदबारको प्रतिनिधी चयन आदि) पूरा गरी भोलिपल्ट मतदानको प्रक्रिया मात्र बाँकि रहेको परिस्थितिमा अचानक केन्द्रिय कार्यालयको अस्पष्ट अनि दोहोरो अर्थ लाग्ने पत्रको आधारमा निर्बाचनको अन्तिम प्रक्रिया रोक्नु प्राकृतिक न्यायको सिद्धान्त विपरित हुने भएकोले जनसम्पर्क समिति जापानको संसोधित विधान २०१६ को दफा ७.१ वमोजिम नै निर्बाचन प्रक्रियालाई कार्यतालिका अनुसार संचालन गरिएको थियो /
भवदिय
महेश कुमार श्रेष्ठ
संयोजक
निर्बाचन समिति
मिति २०१६अगस्ट २३ तारिख

प्रेस विज्ञप्ति

यहि २०१६ अगस्ट २१ तारिख जन सम्पर्क समिति जापानको निर्वाचन गर्नका लागि निर्वाचन समितिले आफ्नो अन्तिम तयारी गरिरहेको अवस्थामा अगष्ट २० तारिख साँझ ६ बजे नेपाली कांग्रेस केन्द्रिय कार्यालयवाट क्रियाशिल सदस्यको सदस्यता स्थानान्तर सम्वन्धी पत्र प्राप्त भएको थियो/ उक्त पत्रमा नेपाली कांग्रेसको विधानमा स्थानान्तर सम्वन्धी कुनै व्यवस्था नभएकोले सोही अनुसार गर्नु भन्ने पत्रको आशयलाईजनसम्पर्क समितिको विधान अनुसार नै गर्नू भन्ने कानूनी व्याख्या निर्वाचन समितिले गरी जनसम्पर्क समिति जापानको संसोधित विधान २०१६ को दफा ७.१ वमोजिम नेपालका जिल्लाहरुवाट स्थानान्तर भइ आउने क्रियाशिल सदस्यहरुलाई जनसम्पर्क समिति जापानको क्रियाशिल सदस्यको रुपमा मान्यता दिई यहि २०१६ अगस्ट २१ तारिख निर्वाचन समितिको तालिका अनुसार नै स्थान्तरित क्रियाशील सदस्य सहितको निर्वाचन प्रतिनिधी नामावली अनुसार निर्वाचन गराइएको थियो /
यसै वीच अगष्ट २२ तारिख नेपाली कांग्रेस केन्द्रिय कार्यालयबाट अर्को पत्र प्राप्त भयो / उक्त पत्रका अनुशार नेपाली कांग्रेसको विधानमा नै नभएको क्रियाशिल सदस्यहरुलाई स्थानान्तर गरी निर्बाचनमा सहभागी गराइएको कारणबाट निर्वाचनमा व्यवधान आएको देखिएकोले यो निर्वाचन तत्काल स्थगन गरी केन्द्रलाई जानकारी गराउनका स्पष्ट निर्देशन प्राप्त भएकोले निर्बाचन समितिले निर्बाचनका सम्पूर्ण प्रक्रिया स्थगन गर्ने निर्णय गएको छ / नेपाली कांग्रेसको उक्त पत्रको निर्देशन अनुशार अगष्ट १३ तारिख देखि शुरु गरिएको निर्बाचनका सम्पूर्ण प्रक्रियाहरु स्वत: निस्क्रिय हुने जानकारी गराउन चाहन्छौं /
यस निर्बाचन प्रक्रियाको संपूर्ण जिम्मेवारी लिंदै आजकै मिति देखि लागू हुने गरी निर्बाचन समितिको संयोजक पदबाट राजिनामा दिएको घोषणा गर्न चाहन्छु/ मेरो राजिनामासंगै निर्बाचन संबन्धी थप अन्योलता सृजना नहोस् भन्ने अभिप्रायले निर्बाचन समितिले अगष्ट १९ तारिख निर्वाचन सम्वन्धी निमावलीको दफा २ को ग अनुशार गठन गरेको उच्च स्तरिय विवाद समाधान समितिलाई कायमै राखिएको जानकारी गराउन चाहन्छौं /
अगष्ट १३ तारिख देखिको निर्बाचन संबन्धी संपूर्ण प्रक्रिया निष्क्रिय भैसकेको अबस्थामा उमेदवारहरुको उमेदवारी दर्ता शुल्क स्वत: फिर्ता दिनुपर्ने भएकोले अनुकूल समयमा सम्पूर्ण उमेदवारहरुलाई दर्ता शुल्क फिर्ता गर्न कार्यसमितिलाई अनुरोध गर्न चाहन्छु/

निर्बाचनका हरेक क्रियाकलापमा सकरात्मक सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरु प्रति आभार प्रकट गर्दै निर्वाचनका कारणले पर्न गएको असुविधा प्रति क्षमा याचना गर्दछौं /

भवदिय,

महेश कुमार श्रेष्ठ (संयोजक)
नेपाली जनसम्पर्क समिति जापान
मिति: २०१६ अगष्ट २३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?