जापान, चीन तथा दक्षिण कोरिया बिच बुधवार विदेश मन्त्री स्तरीय वार्ता हुने

जापान। क्षेत्रीय मुद्दामा विचार विमर्श गर्नको लागि जापान चीन तथा दक्षिण कोरियाका विदेश मन्त्रीहरु विच बुधवार टोकियोमा वार्ता हुने भएको छ ।

foreign-minister-japan-korea-chinaजापानको विदेश मन्त्रालयले सोमवार त्यो विषयको बैठक बस्ने घोषणा गरेको हो । जापानका विदेश मन्त्री फुमिओ किशिदाले चीन र कोरियाका आफ्ना समकक्षीहरु संग मंगलवार सामुहिक भोजको कार्यक्रममा सरिक हुनेछन् । 

यो बैठकको कार्यसुचिमा उत्तर कोरियाको ब्यालिस्टिक मिसाइल परीक्षण तथा जापान, चीन तथा दक्षिण कोरियाको विचमा एउटा मुक्त व्यापार सन्धिसंग जोडिएको कुराहरुलाई वार्तामा छलफल गरिने बताईएको छ ।

तीन पक्ष नियमित रुपमा विदेश मन्त्री स्तरीय वार्ता गर्ने गर्छन् । पछिल्लो वार्ता पछिल्लो वर्ष मार्च महिनाको १६ तारिखमा आयोजना भएको थियो ।  किशिदा चीनका विदेश मन्त्री वाँग यी तथा दक्षिण कोरियाका विदेश मन्त्री युन ब्योंग से के संग अलग-अलग बैठक पनि गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?