अन्तराष्ट्रिय टोकियो सम्मेलनमा भाग लिन आवे केन्या जाने

जापान । जापानी प्रधानमन्त्री सिन्जु आवे एक हप्ता पछि केन्या जाने भएका छन् । केन्यामा अफ्रिकन देशहरुको विकासका निम्ति आयोजना हुने अन्तराष्ट्रिय टोकियो सम्मेलनमा (Tokyo International Conference on African Development, or TICAD) भाग लिन आवे त्यसतर्फ जाने भएका हुन् ।japanese-pm-shinzo-abe

आवेका क्याविनेट सेक्रेटरी योशिहिडे सुगाले ५ दिनका लागि आवेको यात्रा सोमबार तय गरिएको बताएका छन् । त्यो सम्मेलनमा अफ्रिकन मुलकहरुमा व्यापार र लगानीबारे छलफल गरिने बताईएको छ ।
हरेक ५/५ वर्षमा त्यो सम्मेलन आयोजना हुने गरेको छ ।सुगाका अनुसार आउँदो छैठौं टिकाड सम्मेलन एतिहासिक हुनेछ किनकी त्यो पहिलोपटक अफ्रिकामा आयोजना हुँदैछ ।
त्यो सम्मेलनमा जापनी प्रधानमन्त्री संगै जापानका प्रमुख व्यापारीहरु पनि सहभागी हुनेछन् ।त्यो सम्मेलनमा जापानले अफ्रिकन मुलुकहरुको विकासको लागि प्राईभेट क्षेत्रका मानिसहरुलाई पनि सहकार्य गर्नको लागि अपिल गरेका छन् । पछिल्लो १५ वर्षमा केन्या भ्रमण गर्ने आवे जापानका प्रथम प्रधानमन्त्री हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?