जापानमा भारी वर्षा र तुफानका कारण सैयौं हवाई उडान अवरुद्द

टोकियो । सोमबार दिउसो टोकियोमा आएको शक्तिशाली तुफान, भारी वर्षाका कारण करिब ४ सय उडानमा रद्द गरिएका छन्।

शक्तिशाली तुफान मिन्डुलेका कारण जापानको राजधानी देखि उत्तर टोकियो क्षेत्रका जमिन भासिन सक्ने जापानका मौसम विज्ञान विभागले जानकारी दिएको छ ।japan-tufan

प्रतिघण्टा १८० किलोमिटरका दरले आएको हावाहुरी  माइके क्षेत्रमा विहानपख भने प्रतिघण्टा २५ किलोमिटरका दरले बगेको थियो । माईके क्षेत्रमा भएको क्षति बारे एकिन जानकारी आईनसकेको अधिकारीहरुले बताएका छन्  ।

त्यस क्षेत्रका करिब २६०० बासिन्दा माछा मार्ने, पर्यटन तथा खेतिपातीमा संलग्न छन् । टोकियोमा भने पहिरो, नदिको तिव्र बहाव र तुफानबाट सावधान रहन मौसमविदले आग्रह गरेका छन् ।

यस शक्तिशाली उडानका कारण विषेशत टोकियोको हायन्डा एयरपोर्टबाट आवतजावत गर्ने ३८७ उडान रद्ध गरिएको छ । जापानी एयर लाइन्सले १४५ आन्तरिक उडान रद्ध गरिएकाले यसबाट २६,९१० यात्रुलाई समस्या परेको बताएको छ ।

त्यस्तै निप्पोन एयरलाइन्सले रद्ध गरेको ९६ आन्तरिक उडानका कारण २१,३०० यात्रु समस्यामा रहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?