जापानमा ग्याँसका स्टेशनहरु घटे

gas-stationजापान । एक्काईस वर्ष अघिदेखि जापानमा संचालनमा आएका ग्यास स्टेशनहरु मध्य आधा स्टेशनहरु घटेका छन् ।

आर्थिक विशेषज्ञहरुले गरेको सर्वेक्षण अनुसार जापानको व्यापार तथा उद्योग मन्त्रालयले ३२ हजार ग्यास स्टेशनहरु मध्य पछिल्लो मार्च महिनासम्ममा ११ सय ग्यास स्टेशनहरु घटेका हुन् ।

सन् १९९५ मार्च महिना सम्ममा जापानमा कुल ६० हजार ग्यास स्टेशनहरु थिए ।

जापानीहरुको संख्या तीव्ररुपमा घट्दै गएको र इन्धनको माग तीव्र हुन थालेपछि ग्याँसको मागमा गिरावट आएको अनुमान गरिएको छ ।

आपतकालीन अवस्थामा जापनक २८८ नगरपालिकाहरुमा इन्धन अभाव हुनसक्ने कुरामा अधिकारीहरु चिन्तित देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?