जापान आउने क्रममा लक्ष्मीको “घोर्ले छोरो ” चर्चामा (भिडियो सहित)

जापान । आरएस डिजिटलको प्रस्तुति लक्ष्मी मल्ल र दिपिन साहानीको सुमधुर स्वरमा “घोर्ले छोरो ” नामक गीत बजारमा आएको छ ।

जापानमा आयोजना गरिएको तीजको कार्यक्रममा सहभागी हुन आउने बेलामा लक्ष्मी मल्लको सो गीत यतिवेला चर्चामा रहेको छ ।

तीजमा दर खाने बेलामा आमा बनेपछि ज्वानोको झोल खानु परेको अवस्थालाई गीतमा प्रस्तुत गरिएको छ ।महिला आमा बनेपछि परिवारमा देखिने आर्थिक समस्याको समाधानको विषयलाई पनि गीतमा समेटिएको छ ।

आमा बनेकी श्रीमतीलाई राम्रो स्याहार गर्ने भूमिकामा गीतकारले श्रीमानलाई सशक्त ढंगले उभ्याएका छन् । गीतको शब्द दिपिन साहनीको र म्युजिक भिडियोलाई शंकर विसीले निर्देशन गरेका हुन्।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?