चालिस लाख पर्यटक भित्राउने लक्ष्य सहित जापानमा सजिलो जापानिज अध्ययन समूह

जापान । जापानमा विदेशी पर्यटकहरुलाई सजिलो होस् भन्नका लागि एडी एजेन्सी डेन्सु इन्टरप्राइजले एउटा अध्ययन समूह बनाएको छ ।
एजेन्सीले सजिलो जापानिज भन्ने शब्दावलीलाई चर्चित बनाउन अध्ययन समूह बनाएको बताएको छ ।

learn-japanअध्ययन समूह बनाएको एजेन्सी टोकियोमा रहेको शिक्षण संस्था ह्युमन एकेडेमी को एण्ड ल्याङ्ग्वेज प्रोफेसरहरुको उदेश्य भएको जापानी भाषालाई सजिलो तरिकाले सिकाउनु हो ।

विदेशी पर्यटकहरुलाई आपतकालीन अवस्थामा भाषाको कारणले समस्या नहोस भन्नाको लागि सजिलो जापानिज भन्ने अवधारणा अघि सारिएको बताईएको छ ।

त्यो अध्ययन समूहमा टोकियो विश्वविद्यालयका भाषाका प्रोफेसर योहे आराकावा र टोकाई विश्वविद्यालयका जापानी शिक्षा तथा भाषाका प्रोफेसर योशीताका काटो समेत रहेका छन् ।
सन् २०२० मा टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुद सम्ममा जापानमा ४० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य जापान सरकारले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?