जापान सरकारले साइवर हमलाबाट जोगिन विशेष प्रशिक्षण केन्द्र खोल्ने

जापानको उद्योग मन्त्रालयले देशका महत्वपूर्ण सरकारी विभागहरुमा हुन सक्ने साईबर हमलाबाट बच्ने तयारीको लागि आगामी वर्ष एउटा विशेष प्रशिक्षण केन्द्र खोल्ने चाहेको बताईएको छ । विधुतीय गृह र रेलवे सहित विदेशका महत्त्वपूर्ण स्थानहरुमा साईबर हमला हुन थालेपछि त्यो योजना बनाईएको बताईएको छ ।

धेरै देशहरुमा सैन्य अधिकारि जस्ता अनुभव प्राप्त मान्छेहरुले कम्पनीहरुलाई साईबर हमला बाट बच्ने तरिकाको जानकारी दिईरहेको छ ।


जापानमा मन्त्रालय, एजेन्सीहरु र कम्पनिहरु साईबर हमलाको निशानामा परिरहेका छन्  । तर अब भविष्यमा हुनसक्ने त्यस्ता हमलाहरु बाट बच्नको लागि पूर्ण तयारीका साथ जापान सरकार रहेको अधिकारीहरुले बताएका छन् ।

उद्योग मन्त्रालयका अधिकारीहरुको अनुसार नयाँ केन्द्र कम्पनीको सिस्टम प्रबन्धकहरुलाई आफ्नो कम्पनीको साईबर सुरक्षा सुदृढ बनाउन प्रशिक्षण दिईनेछ ।

अधिकारिहरुले केन्द्र २०२० मा जापानमा आयोजना हुने ओलम्पिक खेल भन्दा अघि साईबर सेक्युरिटी अत्यन्त मजबुत बनाउ कम्पनीहरुलाई सहयोग गर्ने जनाईसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?