रियो ओलम्पिकमा रेस्लिङ तर्फ जापानलाई स्वर्णपदक

kawaiजापान ।रियो ओलम्पिक खेलकुद अन्तर्गतको महिला तर्फको ६३ केजी समूहको  रेस्लिङमा जापानकी रिसाको कावाईले स्वर्णपदक हात पारेकी छिन् । कावाई २३ वर्षीय शिगाकान विश्वविद्यालय पढ्ने विधार्थी हुन् ।

उनका आमा र बुबा दुवै जना रेस्लर हुन् र दुई कक्षामा पढ्दा देखि नै कावाईलाई परिवारले खेलकुद तर्फ लाग्न प्रोत्साहन गरेको थियो ।
कावाईले सन् २०१५ को सेप्टेम्बर मा ६३ केजी तर्फको विश्व च्याम्पियन  रेस्लिङमा सिल्भर मेडल हात पारेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?