जनसम्पर्क समिति जापानमा द्धिपक्षिय भिडन्त पक्का, यस्तो छ केसी र कँडेलको प्यानल (उम्मेदवारको नामावली सहित)

image

जापान । नेपाली कांग्रेस निकट जनसम्पर्क समिति जापानको नयाँ नेतृत्वका लागि द्धिपक्षिय भिडन्त हुने निश्चित भएको छ । जनसम्पर्क समितिको छैटौं अधिवेशनबाट नेतृत्व लिनका लागि लालबहादुर केसी रोशन र डिपी कँडेल मैदानमा उत्रने भएका हुन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानका पूर्व अध्यक्ष समेत रहेका केसी र जनसम्पर्क समिति जापानका उपाध्यक्ष रहेका कँडेलले प्यानल सहित चुनावी अभियान तिब्र पारेका छन् ।

पार्टीको आन्तरिक गुटबन्दीको प्रभाव जनसम्पर्क समिति जापानमा पनि देखिएको छ । दुवै उम्मेदवारहरुले आफु नयाँ नेतृत्वका लागि योग्य रहेको दाबी सहित चुनावि मैदानमा उत्रिएका हुन् ।

केसीले १० बुँदे प्रतिबद्दतापत्र समेत जारी गरेका छन् । केसी समूहबाट महामन्त्रीमा रोशन डंगोल र कोषाध्यक्षमा सावित्री लामा लक्ष्मीले उम्मेदवारी दिएका छन् ।

कँडेलको प्यानलबाट महामन्त्रीमा रामजंग कार्की र कोषाध्यक्षमा बाबुराम सापकोटाले उम्मेदवारी दिएका छन् । अधिवेशन नजिकिएसँगै जापानमा रहेका कांग्रेस समर्थक नेपालीहरुका बीच चुनावी सरगर्मी बढेको छ ।

निर्वाचन समितिले उम्मेदवारको नामावली समेत प्रकाशित गरेको छ । सदस्यहरुको नामावली यस प्रकार छन् ।

निर्वाचन समिति मत पत्र सदस्य पदका लागि
क्र. सं. उम्मेदवारीको नाम
१ राजेन्द्र प्रसाद जमरकट्टेल
२ बद्रि पौडेल
३ पुष्करजंग थापा
४ प्रेम कंडेल
५ पेम्बा लामा
६ हरि प्रसाद कंडेल
७ राजन गिरि
८ कृपन दाहाल
९ भिमलाल गैरे
१० अशोक शर्मा
११ लक्ष्मण थापा
१२ लक्ष्मण बानिया
१३ उल्लाश पाण्डे
१४ जीवन खड्का
१५ कृष्ण गैरे
१६ ध्रुब थापा
१७ सुजन खड्का
१८ सुशिल पौडेल
१९ राम बहादुर कार्की
२० नबिन साघरब सापकोटा
२१ पदमपानी चापागाई “पिताम्बर”
२२ नबराज थापा
२३ सुजन जोशी संयोजक
२४ पोशकांत न्यौपाने
२५ कमल प्रसाद आचार्य सदस्य
२६ राजु पनेरु
२७ टिकाराम खरेल सदस्य
२८ बासुदेब बस्ताकोटी
२९ बिष्णु प्रसाद अर्याल
३० दिपक भुसाल
३१ उमानन्द आचर्य
३२ रामकृष्ण बम मल्ल
३३ यल यन गुरागाई (लक्ष्मण)
३४ धुर्ब बस्नेत
३५ निरज कोइराला
३६ किरण उप्रेती
३७ रामशरण रेग्मी
३८ राम प्रसाद बास्तोला
३९ यूवराज अधिकारी
४० नृप बहादुर बुढा

आरक्षण महिला कोटा तर्फ उम्मेदवारीको नाम
१ गीता देवी कंडेल
२ सुस्मा वाईबा लामा
३ साधना घिमिरे
४ लक्ष्मी तामांग
५ मन्जु क्षेत्री
६ शान्त देबकोटा “पिताम्बर”

आरक्षण जनजाती कोटा तर्फ उम्मेदवारीको नाम
१ मिन रासी गुरुङ
२ दिपक बुर्जा मघर
३ मेघ बहादुर लामा (तामांग)
४ बिजय भट्टचन
५ टेकबहादुर नेपाली
६ हरी नेपाली

image

image

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?