कार्यवाहक राजदूत अर्याल र जापानमा कार्यरत पत्रकार बीच छलफल

image

टोकियो। जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल र जापानमा कार्यरत नेपाली पत्रकारहरु बीच भेट वार्ता भएको छ ।

नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष तिलक मल्लको नेतृत्वमा दूतावासमा पत्रकारहरुको टोलीसंग कार्यवाहक राजदूत अर्यालले बुधबार अपरान्ह समसामयिक विषयमा कुराकानी गरेका हुन् ।

छलफलका लागि भर्खरै जिम्मेवारी सम्हालेका राजदूत अर्यालले पत्रकारहरुलाई दूतावासमै छलफलका लागि निमन्त्रणा गरेका थिए ।
छलफलका क्रममा अर्यालले दूतावासद्वारा प्रदान गरिने सेवा सुविधामा कुनै कमी हुन नदिने साथै सेवाग्राहीको सुबिधालाई ध्यानमा राख्ने बताएका छन् ।

छलफलको क्रममा राजदूतले जापानमा रहेका नेपालीहरुसंग सहकार्य गर्दै नेपालीहरुको समस्या समाधान गर्न पहल गर्न आफु लागि पर्ने बताएका छन् ।

पत्रकारसंग खुलेर प्रस्तुत भएका कार्यवाहक राजदूतले जापानमा नेपाली दूतावासको आफ्नै भवनको आवश्यकता भएको र त्यसको लागि विशेष पहल लिएर अघि बढ्ने समेत बताएका छन् ।

राजदूतसंगको भेट वार्तामा पूर्ण चलाउने, प्रेमिला गौचन, रविन्द्र श्रेष्ठ, उत्तम गौडेल, राजन गौतम, संगिता कुँवर लगायतका पत्रकारहरु दूतावास पुगेका थिए । भेट वार्तामा दूतावासका द्वितीय सचिव टोपनारायण गिरी र सहचारी रेवन्त केसी पनि सहभागी थिए ।

त्यस्तै पत्रकारहरुले राजदूतलाई दूतावास मिडिया मैत्री बन्दै जापानमा रहेका नेपालीसंग प्रत्यक्ष जोडिएर उनीहरुको समस्यालाई सहजै हल गर्ने वातावरण बनाउन पनि अनुरोध गरेका थिए ।

patrakar-meet-japan-embasy (3)

patrakar-meet-japan-embasy (2)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?