बैंक अफ जापानद्वारा नकारात्मक व्याजदर नीतिको समिक्षा

जापान । बैंक अफ जापान अर्थात बिओजेका अधिकारीले ६ महिना पहिला लागु गरेको नकारात्मक व्याजदर नीतिका प्रभावहरुको समिक्षा गरिरहेको जनाएका छन् ।
त्यो नीतिको एउटा प्रमुख उदेश्य भनेको देशलाई अफ्ठ्यारो स्थितिबाट बाहिर निकाल्न सहयोग गर्नु रहेको थियो ।  तर धेरै विशेषज्ञहरुको भनाई रहेको छ यसबाट उपभोग र निवेशमा धेरै नै कम बृद्दी भएको छ ।bankofjapan
व्यावसायिक बैंकहरुले पनि यो अभूतपूर्व नीतिको आलोचना गरिरहेका छन् । बिओजेका अधिकारीहरुले १६ फेब्रुअरी देखि नकारात्मक ब्याज दर नीति लागु गरेको थियो ।

यस अन्तर्गत केन्द्रीय बैंकको आफ्नो खातामा धनराशि जम्मा गर्ने प्रकारका व्यावसायिक बैंकका त्यो धनराशीका केही भागमा नकारात्मक व्याजदर लगाईएको छ ।

यसको मतलव यो हो कि बिओजेको खातामा धनराशी राख्ने वित्तीय संस्थानहरुलाई त्यसको केहि भागमा शुल्क तिर्नुपर्ने हुन्छ । यो नीतिको उदेश्य भनेको यो वित्तीय संस्थानहरुको कारोबार या मानिसहरुलाई ऋण दिनको लागी प्रोत्साहन गर्नु हो ।

पछिल्लो ६ महिनामा ऋण लिन व्यापक रुपमा सस्तो भएको छ र आवास ऋणको व्याजदर त झनै अहिले सम्मकै न्युनतम रहेको छ ।
कम ब्याजदरको लाभ उठाउनको लागि कम्पनीहरुले बंधपत्र पनि जारि गरिरहेका छन् । तर नकारात्मक ब्याज दर नीतिका कारण व्यावसायिक बैंकहरु घाटामा जान लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?