जापानको सफारी पार्कमा भालुको आतंक, एकको मृत्यु

जापान । जापानमा रहेको एक सफारी पार्कमा काम गर्ने एक कर्मचारीको भालुको आक्रमणमा परि मृत्यु भएको छ । कारमा सवारी जापानी महिलाको कारमा भालु चढेर आक्रमण गरेको थियो । bear-japan-car
टोकियोको उत्तरी पश्चिममा रहेको गुन्मा सफारी पार्कमा एशियन कालो भालुको आक्रमणमा परि महिलाको मृत्यु भएको प्रहरी प्रवक्ताले बताएका छन् ।

प्रहरी प्रवक्ताका अनुसार महिलाको छातीमा भालुले गहिरो आक्रमण गरेको बताएका छन् । त्यस्तै प्रहरीले कारमा भालु प्रवेश गरेर कसरि हमला गर्यो भन्ने बारेमा थप अनुसन्धान गरेको बताएका छन् । पार्कमा कार्यरत अर्का कर्मचारी युसुके यामजाकीले पार्कमा अझै प्रहरीले अनुसन्धान गरिरहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?