टोकियो । नेपाली जनसम्पर्क समिति जापानले आउँदो अगष्ट २१ तारिखमा हुने निर्वाचन सम्वन्धी नियमावली तथा प्रारम्भिक मतदाता नामावली प्रकाशन गरेको छ ।
निर्वाचनमा स्थानान्तरका लागि निवेदन दिएका व्यक्तिहरुको अधिकारिक नामावली र १० जना प्रतिनिधिहरुको नामावली अगष्ट १८ तारिख विहान १० वजे सम्ममा प्रकाशित गर्ने समितिले जनाएको छ ।
संस्थाका सभापतिद्वारा कार्यसमितिको सल्लाह र सहमतिमा उनीहरुको नामावली छानिने जनाईएकोछ । समिति द्वारा प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा दावी, विरोध र क्षेत्र परिवर्तन गर्नु परेमा अगष्ट १६ तारिख रातको ९ बजे भित्र आवेदन गर्नुपर्ने बताईएको छ ।
समितिमा सम्पर्कका लागि
ईमेल : [email protected]
भाइवर 080-3421-5136