अध्ययनका लागि जापान आएका एक नेपाली विद्यार्थीको मृत्यु

tamangजापान । अध्ययनका लागि जापान आएका एक नेपाली विद्यार्थीको सोमबार बिहान निधन भएको छ ।

नेपालको सिन्धुली घर भई दुई वर्ष अघि अध्ययनको लागि जापान आएका २२ वर्षीय रमेश तामाङको अकस्मात निधन भएको छ।

ईकेबुकुरोमा बस्दै आएका तामाङलाई अकस्मात स्वास्थ्यमा समस्या आएपछि अस्पताल पुर्याईएपनि उपचारका क्रममा सोमबार स्थानीय समय अनुसार विहान ६:३० बजे निधन भएको हो ।

तामाङको निधन उच्च रक्तचापका कारण हुन सक्ने अस्पतालले जनाएको छ ।

अहिले नागाइसिमा हस्पिटलमा विस्तृत जानकारी लिन एनआरएनए जापानका अध्यक्ष सुदन थापा, तामाङ समाजका अध्यक्ष कर्मा वाला, रामेछाप समाजका पदाधिकारीहरु अस्पताल पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?