युद्द पीडित महिलालाई सहयोगका लागि दक्षिण कोरिया र जापान एक मत

जापान सरकारका अधिकारीहरुले युद्ध कालका पीडित महिलाहरुका लागि छिट्टै आवश्यक धनराशि जुटाउने भनेका छन् ।

जापानका विदेश मन्त्री फ़ुमियो किशिदा र उनका दक्षिण कोरियाली समकक्षी युन ब्योन-सेले शुक्रवार फोनमा कुरा गरे पछि दुवै नेता एक विस्तृत सम्झौतामा पुगेका हुन् । southkorea-japan
त्यो सम्झौतामा ती गतिविधिहरु बारे उल्लेख गरिएको छ जसको लागि जापानले ती महिलाहरुको साहायताको लागि आवश्यक सहयोग गर्नेछ ।

दुवै नेताहरुले जुलाई महिनाको अन्त्यमा दक्षिण कोरिया द्वारा गठित एक संगठनको कामको बारेमा चर्चा गरेका थिए । जापानले यो कोषमा १ अरब येन अथवा लगभग ९८ लाख डलरको धनराशी सहयोग गर्ने घोषणा गरिसकेको छ ।

त्यो धनराशी वृद्ध हुँदै गईरहेका ती महिलाहरुको स्वास्थ्य र हेरचाहको लागि खर्च गरिने बताईएको छ । किशिदाले पत्रकारहरुलाई बताएका छन् कि यो धनराशी जापानले भुक्तानी गरेसंगै जापानले आफुले गरेको बाचा पुरा गर्नेछ, पछिल्लो डिसेम्बर महिनामा दुवै देशहरुको विचमा भएको द्विपक्षीय सम्झौता अनुसार जापानले आफ्नो उत्तरदायित्व पुरा गर्नेछ ।

त्यो सम्झौता अनुसार दक्षिण कोरियाले कम्फ़र्ट वीमेन की प्रतीकात्मक प्रतिमाको मुद्दालाई सहज तरिकाले हल गर्न कोशिस गर्ने घोषणा नै गरेको थियो ।

प्रदर्शनकारिहरुले त्यस प्रतिमालाई सोल स्थित जापानी दुतावास नजिकै स्थापित गरिदिएको थियो र त्यसलाई त्यहाँ बाट हटाउन इन्कार गरिदिएको थियो ।
जापानले त्यो प्रतिमालाई त्यहाँबाट हटाउन चाहेको थियो । जापानको सत्ताधारी लिवरल डेमोक्रेटिक पार्टीका सदस्य तथा अन्य मानिसहरुले त्यस कुरालाई लिएर असन्तुष्टि समेत जनाईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?