पावरमा खरावीका कारण भूकम्प बारे टोकियोमा गलत सूचना

जापान । जापानको मापन केन्द्रले बताए अनुसार पावरमा समस्या आएका कारण सिस्मिक सिस्टमले टोकियोमा महाभूकम्प आउँदै छ भनेर गलत सूचना दिएको बताएको छ ।Screen+Shot+2016-08-11+at+7.00.51+PM

मापन केन्द्रले बताए अनुसार त्यो सिस्मिक सिस्टमले खास संस्थाहरुमा अगष्ट १ मा ७ रेक्टर स्केल सम्मको महाभूकम्प आउन सक्ने भन्दै सावधान अलार्म बजाएको थियो ।
मापन केन्द्रले त्यतिवेला तत्काल त्यो अलार्म बन्द गराएको थियो तथापि त्यो खबर ट्रेन स्टेशनसम्म पुगेकाले केहि समय रेल सेवा बन्द गरिएको जनाईएको छ ।
टोकियोको नजिक रहेको फुत्सु भन्ने ठाउँमा राखिएको सिस्मोमिटरमा पावरको समस्याको कारण सेन्सर बिग्रिएकोले गलत सूचना दिएको मापन केन्द्रले बताएको छ ।
अहिले सम्म विधुतीय पावरको कारणले त्यस्तो खरावी आएको थाहा नभएको भन्दै मापन केन्द्रले भने आकाशको चट्याङको कारणले सिस्टममा खरावी आएको हुनसक्ने अनुमान पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?