जापानका विदेश मन्त्री र फिलिपिन्सका राष्ट्रपति विच भद्र सहमति

जापान ।जापानका विदेश मन्त्री फ़ुमिओ किशिदाले दक्षिण चिनिया सागरको मामलामा फिलिपिन्सलाई जापानले सहयोग गर्ने बताएका छन् ।japan-philipins

दक्षिण चीन सागरको केहि हिस्सालाई लिएर चीनसंग फिलिपिन्सको विवाद परिरहेको छ। किशिदाले विहिवार फ़िलिपीन्सको दक्षिणी द्वीप मिन्डानाओमा फ़िलिपीन्सका नयाँ राष्ट्रपति रोद्रिगो दुतेर्तेसंग पहिलो पटक भेटवार्ता गरेका छन् ।

यो भन्दा पहिले उनले फ़िलिपीन्सका विदेश मन्त्री परफ़ेक्तो यासाइसंग बैठक गरेका थिए । जुनमा आफ्नो कार्यभार सम्हाले पछि दुतेर्तेले पहिलो पटक जापानी मन्त्रीसंग भेटवार्ता गरेका हुन् । वार्ताको क्रममा किशिदा र दुतेर्ते विच दक्षिण चीन सागरको समाधानको लागि दुवै देशले मिलेर काम गर्ने  भद्र सहमति भएको छ ।

किशिदाले दक्षिण चीन सागरमा भएको क्षेत्रीय विवादको समाधान अन्तराष्ट्रिय कानुनको आधारमा गर्नुपर्ने जापानको आधिकारिक धारणा फिलिपिन्सका राष्ट्रपतिलाई पनि बताए ।

किशिदाले राष्ट्रपतिलाई चीनले पूर्वी चीन सागरमा पनि आफ्नो गतिविधि बढाउदै छ भन्ने कुरा पनि बताए । उनले फिलिपिन्सलाई जापानलाई सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

किशिदाले वर्तमान समयमा पूर्वी चीन सागरमा सेन्काकु द्वीपसमूहका  निकट जापानी जलक्षेत्रमा चीनले लगातार घुसपैठ गरिरहेको बताएका छन् ।

जापानले यो द्वीपसमूहलाई पूर्ण रुपमा नियन्त्रणमा राखेको छ । जापान सरकारले त्यो द्विप समूह आफ्नो देशको भूभाग हो भन्ने कुरामा अडान कायम नै राखेको छ । चीन र ताईवानले पनि यस कुरामा आ-आफ्नो दावी कायमनै राखेका छन् ।

दुतेर्तेले आफ्नो विचार राख्दै राष्ट्रपतिलाई भनेका छन् कि चीनसंग भएको क्षेत्रीय विवादको समाधान हेग स्थित मध्यस्थता न्यायाधिकरण द्वारा गरिएको फैसला अनुसार नै हुनुपर्नेछ । हेग स्थित अन्तराष्ट्रिय अदालतले दक्षिण चीन सागरमा चीनको दावीलाई खारेज गरिसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?