जापानमा पहिलो पटक हिमालयन दिवस मनाईयो

जापान।जापानी हिमालय रिसोर्टका आसपास रहेका जनताहरुले पहिलो पटक हिमालयन दिवस मनाएका छन् । यो जापानको सबैभन्दा नयाँ र १६ औं राष्ट्रिय विदाको दिन पनि हो ।japan-mountain-day-mount-hotaka-super

मात्सुमोतो सहरको कामिकोची रिसोर्टमा आयोजित एक कार्यक्रममा जापानी राजकुमार सहित उनका परिवारहरु र जापान सरकारका केन्द्रिय र स्थानीय सरकारी अधिकारीहरु पनि सहभागी भएका थिए ।

कार्यक्रममा जापानको हिमालय रिसोर्टलाई संसारकै उत्कृष्ट पर्यटन स्थल बनाउन चाहेको मात्सुमोटोका मेयर अकिरा सुजेनोयाले बताएका छन् ।
त्यस्तै जापानी राजकुमार नारुहितोले जापानका बालबालिकाहरुलाई हिमालहरुको महत्वको बारेमा बुझाउनुपर्ने बताएका छन् ।
हिमालय दिनको अवसरमा सबैले हिमालहरुको संरक्षण र सम्बर्द्धनमा सबैले चासो देखाउनुले हिमालहरुको भविष्य सुन्दर हुने विश्वास राजकुमारले लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?