जापानी विदेशमन्त्री किशिदा फिलिपिन्समा

जापान । जापानी विदेश मन्त्री फुमिओ किशिदा फिलिपिन्समा छन् । त्यहाँ उनले राष्ट्रपति रोद्रिगो दुतेर्तेसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।फिलिपिन्ससंग एकजुटता प्रदशित गर्न किशिदा बुधवार फिलिपिन्स गएका थिए।
Fumio Kishida

 चीनले दक्षिण चीन सागरमा आफ्नो गतिविधि बढाएको छ । त्यो भागमा चीनको फिलिपिन्ससंग क्षेत्रीय विवाद रहेको छ ।

आफ्नो ३ दिनको भ्रमणको क्रममा किशिदाले जापानको आधिकारिक धारणा स्पष्ट संग राख्ने जनाईएको छ ।  दक्षिण चीन सागर विवादको समाधान अन्तर्राष्ट्रिय कानुनको आधारमा सम्बन्धित पक्षहरु विच वार्ता गरि शान्तिपूर्ण तरिकाले हल गर्न पर्ने जापानको आधिकारीक धारणा रहेको छ ।

जुन मा राष्ट्रपतिको कार्यभार सम्हाले पछि दुतेर्तेको संग किशिदाले पहिलो पटक भेट गरेका हुन् । हेग स्थित न्यायाधिकरण दक्षिण चीन सागरको अधिकांश हिस्सामा चीनको दावीलाई खारेज गरिसकेको छ तर चीनले यो निर्णय स्वीकार गर्न इन्कार गरिदिएको छ ।

न्यायाधिकरणमा यो मामिला फिलिपीन्सले उठाएको थियो जुन चीनसंग विवाद भएका विभिन्न पक्षहरु मध्य एक हो । जापानले फिलिपिन्सलाई पानिजाहज अनुदानमा दिने योजना बनाएको छ ।

किशिदाले फिलिपिन्ससंग दुई देश विच आफ्नो समुन्द्री निगरानी क्षमता बढाउने विषयमा कसरि सहयोग गर्न सकिन्छ भन्ने बारे छलफल गर्ने बताएका छन् ।

चीन सरकारले जहाज़ पुर्वी चीन सागर स्थित सेन्काकु द्वीपसमूह आसपासको जापानी जलक्षेत्रमा लगातार प्रवेश गर्दै आएको छ । जापानले के देखाउन चाहन्छ भने उसले फिलिपिन्स संग मिलेर चीनको मुकाविला गर्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?