टोकियो । जापानका प्रधानमन्त्री सिन्जु आवेले सम्राट अकिहितोले सम्बोधनका क्रममा उठाएका सवालहरुलाई गम्भीर तरिकाले सम्बोधन गरिने बताएका छन् ।
सम्राट अकिहितोले जनताको नाममा गरेको सम्बोधन पश्चात आवेले मिडियामा त्यस्तो प्रतिक्रिया दिएका हुन् । सम्राट अकिहितोको ढल्किँदो उमेरका कारण आफ्नो कार्यक्षमतामा पर्न सक्ने अफ्ठ्याराहरुको पूर्व संकेतको रुपमा प्रतिक्रिया आएको हुनसक्ने आवेले बताएका छन् ।
जापानी सरकारले सम्राटका लागि आवश्यक सहयोग गर्ने जानकारी दिएका छन् ।