टोकियोमा भएको कक्टेल हमलामा १५ घाईते

जापान । टोकियोको सुगीनामी वार्डमा आयोजित फेस्टिवलमा मोलोटोभ कक्टेल हमलामा १५ जना घाईते भएका छन् । फुजिमिगाओका स्टेशन नजिक रहेको आवासीय क्षेत्र भएर परेड जाँदै गर्दा समारोह स्थलमा हातले बनाएका ४ वटा बम ७:३० बजे आईतवार बेलुका फालिएको स्थानीय प्रहरीले बताएको छ ।
cocktail-attack
अग्निनियन्त्रकहरुले बम हमला पछी आवासमा झुण्डिएर रहेकी ६८ वर्षिय वृद्दलाई उद्दार गरेका थिए । स्थानीय मिडियाका अनुसार ती बमहरु सिसाको बोतललाई ग्याससंग जडान गरेर बनाईएको बताएका छन् । घटनामा परेका अधिकांशहरुको शरीर आगोले जलेको भएपनि स्थिति खतरामुक्त रहेको अधिकारीहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?