बोन धर्मको पुजाका लागि जापानमा बुद्वको मुर्ति यसरी सफा गरियो (भिडियो सहित )

जापान । जापानको प्राचिन राजधानीको रुपमा लिईने पश्चिम भेगको नारामा रहेको भगवान बुद्दको प्रख्यात मूर्ति वार्षिक रुपमा गरिने पुजाको लागि सफा गरिएको छ ।
buddha

टोदाईजी मन्दिरमा रहेको बुद्दको मुर्तिलाई हरेक वर्षको अगष्ट ७ मा सफा गर्ने गरिन्छ । जापानमा बोन धर्मावलम्बीहरुको बोन फेस्टिवलको अवसरमा बुद्दको मुर्तिमा पुजा गर्ने देखि आफ्ना पुर्खा तथा अग्रजहरुको सम्झनामा प्राथना गर्नेहरुको संख्या धेरै हुनेगर्छ ।

आईतवार १८० धर्मगुरु र कामदारहरु बुद्दको मुर्तिमा चढेर सरसफाई गरिरहेका थिए । टोदाईजी मन्दिरमा रहेको बुद्दको मुर्ति १५ मिटर अग्लो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?