सिनेमा जगतको इतिहासमा जापानी फिल्म डायरेक्टर अकिरा कुरोसावा (Akira Kurosawa) आजसम्मका सर्वश्रेष्ठ फिल्म डायरेक्टर्समा पर्दछन् ।
विश्वका प्रख्यात डायरेक्टरहरुले पनि कुरोसावाको प्रशंसा गर्ने गर्छन् । अकिराको चलचित्रहरु केवल व्यापारिक दृष्टिकोणले मात्र उत्कृष्ट छैनन् बरु क्रिटिक र कलाको स्तरमा पनि उत्कृष्ट रहेको छ ।
विश्वभरी चलचित्र सम्बन्धी पढाईने विश्वविद्यालयहरुमा अकिरा कुरोसावाको फिल्म डायरेक्शन कलाको बारेमा पढाई समेत हुने गरेको छ ।
विश्वविद्यालयका विधार्थीहरुलाई अकिरा कुरोसावाको फिल्महरु देखाउने गरिन्छ भने उनको बारेमा निवन्ध लेखाईने समेत गरिन्छ।
आखिरमा अकिरा कुरोसावाको फिल्महरुमा त्यस्तो के छ जसका कारण उनी फिल्म जगतमा अमर भए ।
अकिराको जीवन र उत्कृष्ट फिल्महरु
सन् १९१० मा जापानमा जन्मिएका ८ भाई बहिनीहरु मध्य सबैभन्दा कान्छा अकिराका पिता एक समुराई खानदानका वंशज थिए । अकिराने आफ्नो क्यारिएरको सुरुवात एक पेन्टरको रुपमा गरेका थिए । तर पछि उनी फिल्म निर्माणको क्षेत्रमा आए ।
धेरै वर्ष कैयौं फिल्महरुमा काम गरेको अनुभव लिईसकेपछी अकीराले १९४३ मा सनसिरो सुगाता भन्ने फिल्म बाट आफ्नो निर्देशनको क्यारिएर सुरुवात गरे।
आफ्नो ५७ वर्षको लामो फिल्म जीवनमा अकिराले करिव ३० वटा फिल्महरुको निर्माण गरिसकेका छन् । अकिराका सबैभन्दा प्रसिद्द चलचित्रहरुमा Seven Samurai, Rashomon, To live, Yojimbo, Throne of Blood, Kagemusha, Ran, The Hidden fortress, High and low आदि पर्दछन् ।
जापानी फिल्म निर्देशक अकिरा क्यामरा मुभमेन्ट र कम्पोजीशनका जादुगर थिए । यसका साथै हरेक सिनको एक एक फ्रेममा आफ्नो पात्रलाई नयाँ नयाँ तरिकाले चित्रण गर्नमा अकिरा माहिर थिए ।
अकिरा आफ्नो जीवनका सुरुवाती दिनहरुमा पेन्टर थिए जसको प्राभाव उनले फिल्म क्षेत्रमा रंगिन र उत्कृष्ट कम्पोजिशन दिने गर्ने गर्छन् । फिल्ममा ठूला ठूला पंखाको मद्दतले हावा, तुफान र धुलो उडाउने एफेक्टको सुरुवात अकिराले नै सुरुवात गरेका थिए ।
अकिराको धेरै जसो फिल्महरुमा पानी परेको सिन हुनेगर्छ । अकिराले यी सबै चिजहरुको प्रयोग दर्शकहरुलाई विशेष आनन्द दिलाउन प्रयोग गर्ने गर्छन् ।
अकिराले जापानी फिल्महरुमा प्रयोग गर्ने विशेष उपाय र कलाहरु अन्य देशका महान फिल्म निर्देशकहरुले पनि प्रयोग गर्ने गरेका छन् । त्यसै कारण पनि अकिरा विश्वभरी नै चर्चित हुन पुगे ।
दुनियाँका सारा प्रसिद्द फिल्म जगतका अवार्डहरु Golden Lion, Bafta , Oscar आदि करीब ७६ भन्दा बढी अवार्डहरुले अकिरा सम्मानित भएका थिए ।
अकिरा प्रख्यात बहुआयामिक फिल्मकार थिए जसले आफ्नो फिल्मको कथा आफै लेख्ने आफैले काँटछाट गर्ने, निर्माण र निर्देशन पनि आफैले गर्ने गर्थे ।