टोकियो ओलम्पिकका लागि आईओसीले जापानी खेललाई प्राथमिकता दियो (भिडियो सहित)

जापान । सन् २०२० मा टोक्योमा आयोजना हुने ओलम्पिक प्रतियोगितामा जापानका दुई प्रख्यात खेल संगै ५ खेलहरु आयोजना हुने भएको छ  ।

USP-OLYMPICS-OPENING-OF-THE-129TH-IOC-SESSIONजस खेल मध्य बेसबल-सफ्टबल र युवाहरु प्रति लक्षित स्केटबोर्डिंग र सर्फिंग रहेका छन् । बास्केटबल र सफ्टबल जापानमा चर्चित छन् ।
यी दुवै खेल सन् २००८ को बेईजिंग खेल देखि लगातार ओलम्पिक खेलकुदमा समावेश हुँदै आएका छन् ।

अन्तरराष्ट्रिय ओलम्पिक कमिटीले पाँच वटा खेल प्याकेज भोट हालेर स्वीकार गरेको थियो जसमा करातें र स्पोर्ट क्लाईम्बिंग पनि रहेको छ ।टोक्योका आयोजकहरुले पछिल्लो वर्ष प्रस्ताव गरेको पाँच खेललाई अन्तराष्ट्रिय ओलम्पिक कमिटीले पूर्ण रुपमा स्वीकार गरेको थियो ।

अन्तराष्ट्रिय ओलम्पिक कमिटिको नयाँ नियम अनुसार ओलम्पिक खेल स्थानीय आयोजकले प्रतियोगितामा एक नयाँ खेल प्रस्ताव गर्न पाउनेछन् । वुधबार टोक्यो खेलका लागि मात्र प्रस्ताव स्वीकार गरिएको हो । नयाँ खेलमा ज्ञड नयाँ कार्यक्रम र ४७४ खेलाडीहरूलाई थप्नेछ।

टोक्यो खेलमा अब ३३ खेलका लागि ११००० खेलाडीहरु उपस्थित हुनेछन् पुरानो आंकडा अनुसार केवल २८ खेलका लागि १०५०० खेलाडीहरु उपस्थित हुने गर्थे ।  आईओसीका अनुसार खेल प्याकेज परम्परागत र युवा-केन्द्रित खेल दुवैलाई समेट्नेछ । “त्यसले खेललाई इतिहासमै थप नयाँ र रोचक बनाउन मद्दत पुर्याउने छ ।“ आईओसीका उपाध्यक्ष जोन कोट्सले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?