विश्व केन्पो च्याम्पियनसिपका लागि नेपाली टोली जापान आउँदै

image

काठमाडौं । ४० औं विश्व केन्पो च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बिहीबार जापानको हामामाचु आउँदै छन् ।

समिप बराल, तिलकबहादुर कार्की, संघर्ष चपाईं, सौगात शर्मा, प्रथमा थापा, प्रथम थापा, खगेन पुन तथा विपिन आचार्यले विभिन्न प्रतिस्पर्धा गर्ने छन् ।

अफिसियलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल तथा प्रशिक्षकमा नराज खड्का रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले सातदोबाटोमा बिदाइ गरे । हामामाचुमै भएको गत संस्करणमा नेपालले ३ स्वर्ण र १ रजत पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?