उत्तर कोरियाको मिसाईल परिक्षणमा जापानी प्रधानमन्त्रीको विरोध

जापान । जापानका प्रधानमन्त्री सिन्जु आवेले उत्तर कोरियाले समुन्द्रमा गरेको ब्यालीस्टिक मिसाइलको परिक्षणको विरोध गरेका छन् ।
उनले सो मिसाई परिक्षण उत्तर कोरियाका लागि गम्भीर खतरा हुने बताएका छन् । साथै उत्तर कोरियाले गरेको मिसाईल परिक्षणलाई आवेले कडा विरोध गरेका हुन् ।

north_korea_fires_ballistic_missile_into_the_sea

दक्षिण कोरियाको रक्षा मन्त्रालयका अनुसार पनि उत्तर कोरियाले समुन्द्रमा एउटा ब्यालीस्टिक मिसाइलको परिक्षण गरेको बताएको छ ।

दक्षिण कोरियाको जोईन्ट चिफ अफ स्टाफले उक्त मिसाईल उत्तर कोरियाको पूर्वी तटबाट हानिएको बताएका छन् ।उत्तर कोरियाले भनि सकेको छ कि उसले दक्षिण कोरियामा मिसाइल डिफेन्स सिस्टम परिचालित गर्ने दक्षिण कोरिया र अमेरीकाको योजनाको जवाफ दिनेछ ।

संयुक्त राष्ट्रको प्रस्ताव अनुसार उत्तर कोरियालाई परमाणु र बैलेस्टिक मिसाइल बनाउन बन्देज लगाईएको छ । तर त्यस्तो बन्देजलाई लत्याएर उसले धेरै त्यस्ता मिसाईलहरु परिक्षण गरिसकेको छ ।

जोईन्ट चिफ अफ स्टाफका एक अधिकारीले बताएका छन्, “यो परिक्षण छिमेकी देशहरुमा हमला गर्ने उत्तर कोरियाको महत्वकांक्षालाई दर्साउँछ । “ मिसाइल मध्यम दुरी हमला गर्न सक्ने लागे पनि त्यसले १००० किमी सम्म हमला गर्न सक्ने उनले बताएका छन् ।

अमेरिकाले पनि उत्तर कोरियाको यो गतिविधिलाई निन्दा गरेको छ ।यस अघि जुलाईमा पनि उत्तर कोरियाले तीन बैलेस्टिक मिसाइहरुको समुन्द्रमा परिक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?