टोकियोमा ‘यलम्वर नाईट २०१६’ सांगीतिक कार्यक्रम हुँदै

japan1

टोकियो । जापानको टोकियोमा आगामी अगष्ट १३ तारिखमा सांगीतिक कार्यक्रम ‘यलम्वर नाईट २०१६’ आयोजना गरिने भएको छ ।

किराँत राई यायोक्खा जापान शाखाले टोकियोमा विशेष प्रस्तुति सहित ‘यलम्वर नाईट कार्यक्रम आयोजना गर्न लागेको हो

कार्यक्रममा चर्चित गायक राजेश पायल राई, अभिनेता तथा गायक दयाहाङ राई, हास्य कलाकार विल्सन बिक्रम राई, मोडल माला लिम्वु, र डान्सर रमा लिम्वु लगायत प्रख्यात गायक तथा गायिकाको प्रस्तुति रहने छ ।

कार्यक्रम अगष्ट १३ तारिख शनिबार टोकियोको नाकानो जिरो हलमा अपरान्ह साँढे चार बजे देखि सुरु हुने विकास राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?