जापन द्वारा जारी रक्षा पत्रमा चिनियाँ जबर्जस्तीबारे गहिरो चासो व्यक्त

जापान । जापानले आफ्नो वार्षिक रुपमा रक्षाको समिक्षा गर्दै बेईजिंगले अन्तराष्ट्रिय कानुन मिचेको विषयमा चीन अन्य राष्ट्रहरुसंग कडा रुपमा प्रस्तुत भएको घटनालाई मुख्य जोड दिएको छ ।

japan-s-prime-ministerरक्षा मन्त्रालयले जारि गरेको श्वेत पत्रमा चीनको दक्षिणी समुन्द्री विवादले एशियामा विवाद बढ्दै गएको र हेगको अन्तर्राष्ट्रिय अदालतको निर्णयलाई चीनले इन्कार गरेको कुरालाई प्राथमिकता दिएको छ ।

दक्षिणी समुन्द्री विवाद बारे अन्तराष्ट्रिय अदालतले गरेको निर्णयलाई अनुशरण गर्न जापानले चीनलाई आग्रह गरेको थियो । जापानको त्यो आग्रहलाई बेईजिंगले आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भनेको थियो ।

जापानी प्रधानमन्त्री सिन्जु आवेले अनुमोदन गरेको रक्षा समिक्षामा बेईजिंगले अन्तराष्ट्रिय कानुनको निर्णय नमाने अन्तराष्ट्रिय क्षेत्रमा उसको छवी राम्रो नबन्ने चेतावनी दिएको छ ।

जापान सरकारले चीनले आफ्नै खुसीले एकतर्फी माग कुनै सम्झौता विना गर्न खोजेको श्वेत पत्रमा उल्लेख गरेको छ ।

रक्षा मन्त्रालयले जारि गरेको ४८४ पेजको श्वेत पत्रमा चिनियाँ समुन्द्री विवाद लगायत उत्तर कोरियाको बालिस्टिक मिसाईल र न्युक्लिएर बम अनि जापानको पूर्व सिमानामा रहेका रसियन सेनाको शक्ति बारेमा पनि चर्चा गरिएको छ ।

श्वेत पत्रमा ५० पेज मात्रै जापान र उसका साझेदार राष्ट्रहरुको सम्बन्ध बारे पनि चर्चा गरिएको छ भने पछिल्लो समय जापानको सविधान पुनर्लेखनको विषय बारेमा पनि चर्चा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?