वामी युवा क्लव जापानको अध्यक्षमा दिनेश सापकोटा

Wamiटोकियो । अध्ययन तथा रोजगारीको सिलसिलामा जापानमा रहेका वामीलीहरुको संगठन वामी युवा क्लब जापानको अध्यक्षमा दिनेश सापकोटा (दिपु) चयन भएका छन् ।

टोकियो स्थित इण्डियन रेष्टुरेन्टमा सम्पन्न प्रथम भेलाले सापकोटालाई अध्यक्षमा चयन गरेको हो ।

नव गठित समितिको उपाध्यक्षमा भीम घिमिरे, पदम केसी, हसन शाक्य, खिम केसी र शुरज जिसी रहेका छन् भने सचिवमा कुशल खराल, सहसचिवमा अभिषेक गौचन र कोषाध्यक्षमा दिपक कार्की र सुमन श्रेष्ठ रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा अर्जुन पोख्रेल, सुमन पोख्रेल, सिएन पाण्डे, दुर्गा खराल, नारायण बोहोरा र भुवन सापकोटा रहेका छन् ।

यसैगरी वामीकै वरिष्ठ व्यक्तित्वहरुलाई समेटेर पाँच सदस्यीय सल्लाहकार समिति चयन गरेको छ । जस अन्तर्गत रोशन केसी, टिकाराम घिमिरे, सुनिल सापकोटा, दिलिप थापा र सुरेश केसी रहेका छन् ।

गठित समितिले संस्थाको विकाससँगै वामीको शैक्षिक सामाजिक एक आर्थिक विकासमा सहयोग पुराउने उक्त संस्थाका अध्यक्ष सापकोटाले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?