जापानका डेमोक्रेटिक पार्टी प्रमुखले निर्वाचनमा भाग नलिने

टोकियो । जापानको प्रमुख प्रतिपक्षी डेमोक्रेटिक पार्टीका प्रमुख कटसुया ओकादाले  सेप्टेम्बरमा हुने पार्टी नेतृत्व चयनको निर्वाचनमा भाग नलिने बताएका छन् ।

okudaपार्टीका परिचालन गर्न अब नयाँ नेतृत्व आवश्यक परेको भन्दै आफुले निर्वाचनमा सहभागी नलिने ओकादाले समाचार एजेन्सीलाई जानकारी गराएका छन् ।

ओकादाले टोकियोमा हुने गभर्नरको निर्वाचन सकिएपछी मात्र आफुले पार्टीको आन्तरिक निर्वाचन बारे स्पष्ट धारणा बाहिर ल्याउने बताएका छन् ।

जापानको माथिल्लो सदनमा ओकादको डेमोक्रेटिक पार्टीको संख्या ४९ सिट रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?