जापानमा नेपाली संस्कृति र कलाको प्रवद्र्धन गर्दै कलाकार

टोकियो । नेपाली कलाकारको नेपाली संस्कृति र कलाको जापानमा प्रवद्र्धन गर्ने भएका छन ।

जापानको तोयामा सहरमा शनिबारदेखि आयोजना हुने ‘द वल्र्ड फेस्टिबल अफ चिल्ड्रेन्स पर्फमिङ आर्टस इन तोयामा १०१६’ मा नेपाली कलाकारको नेपाली कला देखाउने भएका हुन ।

नेपाली कलाकार सहितको दश सदस्यीय टोली बिहीबार जापान प्रस्थान गरिसकेको छ । नेपालको हिमाल पहाड तराई समेट्ने गरी मेचीदेखि महाकालीसम्मको कला र संस्कृति प्रस्तुत गरिने नेपाल सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले बताए ।

बुद्ध सगरमाथा र प्रकृतिको परिकल्पनामा विषेश प्रस्तुति नेपालका तर्फबाट देखाइने थापाले बताए । दशदश मिनेटको विशेष प्रस्तुतिले सुन्दर शान्त नेपालको अर्काे सकारात्मक सन्देश दिने उनको भनाई छ ।

महोत्सव परिसरमा दुईवटा विषेश मञ्च रहनेछन । जसमा २६ राष्ट्रको कलाकारको पालैसँग आफ्नो कला प्रदर्शन गर्नेछन ।

ती दुइ स्टेजबाहेक तोयामा सहरका विभिन्न चोक तथा डबलीमा कलाकारको बाँकी समयमा थप कलाकौशल देखाउँनेछन । नेपाल तोयामा सांस्कृतिक आदानप्रदान संघको सहकार्यमा नेपालका कलाकार टोली जापान लागेको थापाले उल्लेख गरे ।

संस्थानले कलाकारको कला निखार्नका लागि पनि यसरी विभिन्न देशसँग आदानप्रदान गर्न जरुरी रहेको संस्थान अध्यक्ष उद्योग राइले बताए । यसले दुइ देशबीचको सम्बन्ध सुधार गर्न र आपसी सांस्कृतिक विविधता वृद्धि गर्न सघाउ पुग्ने उनको ठहर छ ।

कलाकारमध्ये दुईजना वाद्यबाधक खर्कबहादुर बुढा र कृष्णबहादुर गुरुङ छन । दुईले मौलिक नेपाली लोकधुन प्रस्तुुत गर्नेछन । मौलिक नृत्यहरुमा झ्याउरो स्याब्रु साकेला तामाङ सेलो झुम्रा हुड्केली भोजपुर टप्पाजस्ता फरक फरक जातजाति र भेषभुषायुक्त रहनेछन ।

जापानका गएको टोलीमा सबनम सिलवाल, सुशीला थापा अञ्जु आले गोरन चौधरी सूर्या कार्की र केशव कोइराला पनि छन् । नृत्य संयोजनामा गोरन चौधरी संगीत सूर्या कार्की र केशव कोइराला पनि छन् । नृत्य संयोजनामा कृष्ण गुरुङ र भेषभुषा अञ्जुले आले रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?