हिरोसिमामा पोकेमेन खेल्नेको संख्यामा वृद्दी भएसंगै जापानी अधिकारीहरु असन्तुष्ट

hirosima-pokemanटोकियो । जापानमा पोकेमन गोका खेलाडीहरु सो मोबाईल खेल खेल्न  जापानमा दोस्रो विश्व युद्दमा अमेरिका द्वारा परमाणु बम हमला भएको हिरोसिमा क्षेत्रको  तल्लो भुभागतिर प्रवेश गर्ने कुरालाई पश्चिमी जापानी अधिकारीहरुले असहमति व्यक्त गरेका छन् ।

पोकेमन खेलका निर्माता नियानन्टिक इंकलाई पोकेस्टप फर्काउन तथा अन्य प्रभावकारी क्षेत्रहरुमा त्यो खेलबाट पर्ने सक्ने असरबारे सचेत हुन अधिकारीहरुले आग्रह गरेका छन् ।pokemon-go

टोकियो शहरले १९४५ को हिरोसिमामा ज्यान गुमाउने प्रीयजनहरुको सम्झानामा  अगस्ट ६ मा वार्षिक उत्सव मनाउने कार्यक्रम रहेको हुँदा त्यस क्षेत्रमा पोकेमेनको भर्चुअल पाथ हटाईदिन अधिकारीहरुले नियानन्टिकलाई आग्रह गरेका हुन् ।

तर जवाफमा नियानन्टिकले पोके मेनको कारण त्यस कार्यक्रममा उपस्थित हुने कसैलाई पनि असर नगर्ने स्पष्ट जानकारी दिएका छन् ।

पोकेमेन गो खेल रिलिज भए लगत्तै हिरोसिमा शान्ति स्मारक पार्कमा गएर सो खेल्नेहरुको संख्या बढ्दै गएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?