जापानमा मध्यराति भूकम्पको कडा धक्का

earthquakeटोकियो । जापानको इबाराकी क्षेत्रलाई केन्द्रलाई केन्द्रबिन्दु बनाएर ५.३ रेक्टरस्केलको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार राति ११ बजेर ४७ मिनेटमा भूकम्प गएको अमेरिकी जियोलोजिकल सर्भेले जनाएको छ ।

भूकम्पको कडा धक्कापछि केहीसमय सवारी आवागमन रोकिएको भएपनि कुनै मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन ।

भूकम्पका कारण सुनामीको खतरा नरहेको जापान भूगर्भ विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?