जापानको सात महिने कार्यकाल सकेर कार्यवाहक राजदूत राजभण्डारी नेपाल फर्किए

image

टोकियो । उपनियोग प्रमुख तथा जापानका लागि नेपाली कार्यवाहक राजदूत गेहेन्द्र राजभण्डारी ७ महिने कार्यकाल सकेर मंगलवार राती नेपाल फर्किएका छन् ।

जापानमा रहेका नेपालीहरुले एअरपोर्टमा गई राजभण्डारीलाई विदाई गरेका थिए । गैरआवासीय नेपाली संघ जापान (एनआरएनए) का सल्लाहकार चिरन्जीवी थापा, प्रवासी नेपाली मञ्चका सचिव राजेन्द्र श्रेष्ठ, मञ्चका सदस्य सिद्धार्थ श्रेष्ठ, जापानलाई कर्मभूमि बनाएका नेपालीहरु नारायण कंडेल, भिष्म विक्रम थापा लगायतले विदाई गरेका थिए । सोहि क्रममा राजभण्डारीले आफ्नो कार्यकालमा जापानमा गरेका काम बारे स्मरण गर्दै विदाई मन्तव्य राखेका थिए।

राजभण्डारीकै कार्यकालमा भूकम्प पीडित नेपालीहरुलाई उल्लेख्य सहयोग गरेको स्मरण गर्दै नेपाली राजदूतावास, नेपाल पर्यटन वोर्ड र एनआरएनए जापानको संयुक्त आयोजनामा जापान भर ‘धन्यवाद जापान’ र नेपाल भ्रमणको निम्तो लेखिएको ३०,००० पर्चा मुख्य मुख्य स्टेशनमा रहि नेपालीहरुले बाढेका थिए ।

छिटो छरितो सेवा, व्यवस्थित कार्यप्रणाली, गुनासो सुन्ने र कार्यान्वयन दिशामा राजदूतावासले अग्रसरता देखाउँदा धेरै नेपालीले राहत महशुस गरेका थिए।

परराष्ट्र मन्त्रालय अन्तर्गत रहेर सेवा दिदै आएका राजभण्डारी नेपाल सरकारको सहसचिव समेत हुन् । राजभण्डारीको ठाँउमा उपनियोग प्रमुख तथा जापानका लागि नेपाली कार्यवाहक राजदूत कृष्ण चन्द्र अर्याल रहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?