टोकियो । जापानी सरकारले जापानका क्रिस्चियन क्षेत्र अन्तर्गतका चर्चहरु मध्येको नागाशाकी चर्चलाई २०१८ मा छानिने विश्व सम्पदाका लागि मनोनयन गरेकोे छ । जापानकै पुरानो चर्चको रुपमा रहको यस चर्चलाई युनेस्कोले विश्व सम्पदा सुचिमा पार्नको लागि उत्कृष्ट ठहराएको छ ।
यस प्यानलले जापानको नागाशाकी ओयुरा चर्च सहित नागाशाकी तथा क्युमामोटो क्षेत्रको सम्पदालाई विश्व सम्पदा सुचिमा राखेको दोस्रो पटक हो । प्राकृतिक रुपमा सजिएको यस चर्चले इडो पिरियड १६०३ देखि १८६८ बिचको क्रिस्चियन समुदायका मानिसहरुको पिडा तथा यस धर्मको पुनरुत्थानलाई केन्द्रित गर्ने गर्दछ । जतिबेला क्रिस्चियन धर्मलाई जापानमा प्रतिबन्ध गरिएको थियो ।
जापानको प्रमुख प्रायद्धिप क्युशुमा पर्ने यस चर्चलाई जापान सरकारले २०१५को जनवरीमा युनस्कोको विश्व सम्पदा सुचिमा सुचिकृत हुने हेतुले सुचिमा सिफरिस गरेको थियो । तर जापानी सरकारले भने युनेस्कोको सल्लाहकार प्यानलको सल्लाहअनसार फेब्रुअरीमा सिफारिस गरेको थियो ।
जापान सरकारले फेव्रुअरीबाट सिफारिस चिठी पठाउने छ । अर्काे एक वर्षमा जापानको क्युसु क्षेत्रलाई युनेस्को प्यानलले जाँच गर्ने छ अथवा सन् २०१८ को समरमा अन्तराष्ट्रिय स्मारक परिषदले(ICOMOS) प्रमाणीकरण गरेर विश्व सम्पदा सूचिका लागि प्रस्ताव गर्नेछ ।
नागाशाकी तथा क्युमामोटो क्षेत्रका सरकारले आइकोमस(ICOMOS)ले दिएको सल्लाह अनुसार त्यस चर्चले जापानमा प्रतिबन्धित गरिएको क्रिस्चियन धर्मको जापानी इतिहासलाई अंकित गर्ने जनाईएको छ ।
जापान सरकारले विश्व सम्पदा सुचिमा जापानका जोमोन पुरातात्विक क्षेत्र, उत्तरी टोहोकु तथा अन्य क्षेत्र , स्याडो कम्लेक्स, गोल्ड माइन्स निगाटा क्षेत्र तथा मोजु फ्युरुचि तथा समपदाहरु पनि राखेको छ ।
क्सुशुका क्षेत्रहरुका १२ सम्पतिहरुमध्ये क्रिस्चियन समुदायको बसोबास रहेको जापानका नागासाशि तथा आमाकुसाको गाउ सक्टीसु , क्युमामोटो क्षेत्रहरु पनि सिफारिसमा परेका छन् ।