जापानको क्युसुमा ज्वालामुखी विष्फोट (भिडियो सहित)

जापान । जापानको क्युसुमा मंगलवार विहान साकुराजिमा भन्ने ज्वालामुखी विष्फोट भएको छ । सो ज्वालामुखी विष्फोट हुँदा त्यसको लाभा ५००० मिटर सम्म माथि आकाशमा पुगेको जापानको मापन केन्द्रले जनाएको छ ।

सन् २०१३ अगष्टमा कागोशिमाको तल्लो भेगमा भएको ज्वालामुखी विष्फोटन पछीको यो खतरनाक ज्वालामुखी विष्फोटन भएको जनाईएको छ ।

एजेन्सीले साकुराजिमा ज्वालामुखीको अलर्ट लेभल ३ राखेको थियो जसले ज्वालामुखीको लेभल ५ पुग्नु भन्दा अगाडीनै मानिसहरुलाई सचेत गराउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?