जापानमा चक्कु हमला गरी १९ जनाको हत्या, २० को अवस्था चिन्ताजनक

japanटोकियो । जापानको टोकियो नजिकै रहेको मानसिक अपांगता भएका व्यक्तिहरुका लागि बनाइएको आवासीय क्षेत्रमा एक व्यक्तिले अन्धाधुन्ध चक्कुले आक्रमण गर्दा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

मानसिक अपांगता भएकाहरुको रेखदेखका लागि सागमिहारामा बनाइएको आवास क्षेत्रमा एक व्यक्तिले अन्धाधुन्ध चक्कु प्रहार गरेका थिए ।

घटनामा परी अन्य २६ जना घाइते भएको र ती मध्ये २० जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

राजधानी टोकियोबाट ४० किलोमिटर दक्षिण पश्चिममा रहेको आवासीय केन्द्रमा प्रवेश गरेर चक्कुले आक्रमण गर्ने २६ वर्षीय सातोशी उएमाट्सुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनी सोही रेखदेख केन्द्रका पूर्व कर्मचारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका उएमाट्सुले रेखदेख केन्द्र नजिकै रहेको प्रहरी चौकीमा गएर आफूले आक्रमण गरेको स्वीकार गरेका छन् ।
जापानमा यसप्रकारका घटना बिरलै हुने गरेका छन् । सन् २००१ र सन् २००८ मा भएका यस्तै छुरा प्रहारका घटनामा क्रमशः ७ र ८ जनाको ज्यान गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?