अनुसन्धानका लागि जापानमा ९० ह्वेल समातियो

जापान।जापान सरकारले उत्तरपश्चिम प्यासिफिक सागरबाट अनुसन्धानका लागि ९० ह्वेल र २५ ब्राईड समातेको छ । माछा एजेन्सीले ह्वेलिंग कार्यक्रमलाई समापन गर्ने क्रममा सोमवार त्यो कुराको खुलासा भएको हो ।whales

जलचर प्राणीहरुको अनुसन्धान, ह्वेलको पेट बारेमा गरिने अनुसन्धान र त्यसका छालको नमुना र व्यापारमा ह्वेलको सम्भावना बारेमा थप परामर्श गर्नको लागि सो कार्यक्रम आयोजना गरिएको केताकिन अनुसन्धान विभागले जनाएको छ ।

गत वर्ष पनि अनुसन्धानका लागि त्यहि संख्यामा ह्वेल निकालिएको समेत विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?