नेपाल फेष्टिबललाई लिएर दूतावास र एनआरएनए जापानबीच जुहारी

Sudan Thapa_Gehendra Rajbhandariटोकियो । जापानको टोकियोमा हुन लागेको नेपाल फेस्टिबलको विषयलाई लिएर जापानस्थित नेपाली राजदूतावास र गैर आवासीय नेपाली संघ (एनआरएनए) बिचको मतभेद सामाजिक सञ्जालमार्फत छताछुल्ल भएको छ ।

नेपाल जापानबीचको मैत्रिपूर्ण कूटनीतिक सम्बन्ध स्थापनाको ६० औं वर्षगाँठको अवसरमा आयोजना गर्न लागिएको नेपाल फेस्टिबलका विषयमा दूतावास र एनआरएनएबीच आरोप प्रत्यारोपको अवस्था सिर्जना भएको हो ।

जापानमा यही अगष्ट ६ र ७ मा नेपाल फेस्टिबलको आयोजना गरिदैछ । एनआरएनए जापानका अध्यक्ष सुदन थापाले नेपाल फेस्टिबलको विषयमा टोकियोस्थित दूतावास मौन दर्शक बनेको आरोप लगाएपछि जापानका लागि कार्यबहाक नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले त्यसको खण्डन गरेका हुन् ।

दूतावासका तर्फबाट ५ बुँदे प्रष्टिकरण सार्वजनिक गर्दै राजभण्डारीले दूतावाससँग प्रक्रियागत रुपमा कुनै औचारिक जानकारी नगराई फोनको भरमा अह्राउने प्रवृत्ति देखिएको भन्दै त्यसबाट माथि उठ्न जरुरी रहेको औल्याएका छन् ।

थापाले सामाजिक सञ्जालमार्फत फेस्टिबल व्यापक रुपमा मनाउन जापानबासी नेपाली कम्मर कसेर लागेपनि सम्बन्धित निकाय राजदूतवास मौन दर्शक भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा नै मनाउने हो भन्दै प्रश्न गरेका थिए । थापाले सामाजिक सञ्जालमार्फत लगाएको आरोप यस्तो छः–

हामी देश देश भनेर ! अथिति देबो भब : नारा सहितको नेपाल फेस्टिवल सफल गर्नु पर्छ , नेपाल जापान कुटनितिक सम्बन्ध को ६०औ बर्ष गाठ व्यापक रुपमा मनाउनु पर्छ भनेर कम्मर कसेर लागेका जापान बासी हामी नेपाली तर बिडम्बना सम्बन्धित निकाय राजदुताबास टोकियो मौन दर्शक !!! 
कि फेशबुक मै मात्र मनाउने हो कि नेपाल फेस्टिवल र ६०औ वर्ष गाठ ?
सम्बन्धित निकायको समयमै ध्यान जाओस !!!

थापाले यस्तो आरोप लगाएलगत्तै कार्यबहाक राजदूत राजभण्डारीले सोमबार बिहान फेसबुकमार्फत नै प्रतिउत्तर दिएका हुन् । उनले दिएको प्रष्टिकरण यस्तो छ :

सन्दर्भ नेपाल फेस्टिवल 2016 को
यही अगष्ट 6 र 7, 2016 मा हुन गैरहेको नेपाल फेस्टिवललाई भव्यतापूर्वक सम्पन्न गर्नको लागि सबैले आ-आफ्नो स्थानबाट जिम्मेवारीपूर्वक लाग्नु आजको प्रमुख आवश्यकता हो ।
फेस्टिवलको अन्तिम घडीमा कहिले जापानका नेपाली पत्रकार/मिडियाले साथ दिएनन्, कहिले जापानका संघ/संस्था, राजनैतिक पार्टीका साथीहरुले वास्ता गरेनन्, समाजका अगुवाले साथ दिएनन्, कहिले आफ्नै कार्यसमितिका पदाधिकारीहरुले सहयोग गरेनन् भन्दै गुनासो तथा विलौना गर्नुको साटो कसरी सम्पूर्ण संस्था तथा सरोकारवालाहरुलाई यस पवित्र कार्यमा सम्मिलित गरेर लान सकिन्छ, त्यसतर्फ बुद्धिमतापूर्वक लाग्नु आजको अपरिहार्य आवश्यकता हो ।
दुतावासले नेपाल र नेपालीको प्रतिष्ठा जोडिएको यस फेस्टिवललाई गम्भीर रुपमा लिई ठूलो महत्व दिएको विदितै छ ।

1. दुतावासको अग्रसरतामा जापानका सम्पूर्ण नेपालीको सहयोगमा आयोजित THANK YOU JAPAN कार्यक्रममा नेपाल फेस्टिवललाई अत्यन्त महत्वका साथ 30,000 पोष्टकार्डमा स्थान दिइएको सबैलाइ प्रष्ट छ ।

2. दुतावासले June 10, 2016 मा जापानको सम्बन्धित निकायमा पत्र लेखि यस कार्यक्रमलाई सहयोग गर्न अनुरोध गरेको थियो । दु:खको कुरा, दुतावासले पत्र लेख्नु अघि दुतावासलाई आवश्यक पत्र पटक पटक ताकेता गर्दा समेत सम्बन्धित निकायबाट हालसम्म प्राप्त भएको छैन ।

3. नेपाल फेस्टिवलमा जापानी अतिथिहरुलाई निमन्त्रणा गर्ने विषयमा सम्बन्धित पदाधिकारीहरुलाई पटक पटक कार्यक्रमको Detailed Time Schedule/Program उपलब्ध गराउन अनुरोध गर्दा समेत हालसम्म नेपाल फेस्टिवल सम्बन्धी एउटा चिट्ठी समेत दुतावासमा प्राप्त भएको छैन । स्मरणीय छ, जापानी अतिथि निमन्त्रणा गर्ने छुट्टै प्रकृया छ, लिखित कागजातबिना दुतावासले कार्य अगाडि बढाउन अव्यवहारिक/असमर्थ हुन्छ ।

4. नेपाल फेस्टिवलको निमित्त आवश्यक प्रचारप्रसार हेतु दुतावासको Website मा समेत आवश्यक जानकारी राखि प्रचारप्रसार गरिदै आएको छ ।

5. दुतावासमा अनुरोध गर्ने छुट्टै प्रकृया छ, लिखित कागजात उपलब्ध नगराउने अनि फोन गरेर काम भयो भनी अह्राउने प्रवृति तथा मानसिकताबाट माथि उठ्न जरुरी छ ।

अबको मुख्य काम भनेको देश देश भनेर सामाजिक संजालमा विलौना गर्नु भन्दा देशको निमित्त काम गर्ने, अरुलाइ दोष थोपर्नु भन्दा जिम्मेवार पदाधिकारीको हैसियतले लामो समय जापानमा बसेर सिक्नुपर्ने ज्ञान-जस्तै समयमै  Plan गर्ने, शिष्ट, शालिन भद्र भइ आफ्नो कुरा संस्थागत रुपमा राख्दै सम्पूर्ण संस्था तथा अग्रजहरुबाट सुझाव लिइ सबैलाई सम्मिलित गरी नेपाल फेस्टिवल सफल बनाउन युद्धस्तरमा लाग्ने हो । महत्वपूर्ण समयमा काम गर्नुभन्दा सामाजिक संजालमा विलौना गरी अरुलाई दोष थोपर्ने कार्य जिम्मेवार संस्थाको जिम्मेवार पदाधिकारीलाई किमार्थ सुहाउने विषय हैन । अत: यस महत्वपूर्ण समयमा “पद भनेको जिम्मेवारी हो” भन्ने मर्मलाई आत्मसाथ गर्दै आफू तथा आफ्नो संस्थाको गरिमालाई उच्च बनाउने तर्फ ध्यान दिनु अपरिहार्य छ । यस महत्वपूर्ण घडीमा अरुलाइ दोष थोपर्ने, मिलेर बसेको नेपाली समाजलाई विभाजित बनाउने कार्य नगर्न अनुरोध छ ।
नेपाल र नेपालीको प्रतिष्ठा जोडिएको यस फेस्टिवललाई सफल बनाउन गर्नुपर्ने आवश्यक सम्पूर्ण सहयोग तथा समन्वय गर्न दुतावास सदा तत्पर छ ।
हामीलाई जापानको नेपाली समाज तथा यहाँ बसोवास गर्ने नेपाली माथि गर्व छ; र साथै पूर्ण विश्वास छ कि THANK YOU JAPAN कार्यक्रम जस्तै नेपाल फेस्टिवल पनि जापानवासी सम्पूर्ण नेपालीको साथ तथा सहयोगमा शव्य तथा भव्य रुपमा सफल हुनेछ । यसको निमित्त दुतावास सम्पूर्ण सहयोग तथा समन्वय गर्न सदा तत्पर छ ।
सफल नेपाल फेस्टिवलको हार्दिक शुभकामना ।।।।
आऔं, सबै मिली नेपाल र नेपालीको यस फेस्टिवललाई सफल बनाऔं ।।।

त्यसलगत्तै एनआरएन जापानका अध्यक्ष थापाले नेपाल फेस्टिबलको तयारी अन्तिम चरणमा पुगेको तर दूतावासले सोचेअनुसार सहयोग नगरेको आरोप लगाएका छन् ।

आउनु होस सहकार्य गरौ !!!
आगामी अगस्त ६,७ तारिक नेपाल र नेपाली को गर्ब ,प्रतिष्ठा संग जोडिएको नेपाल फेस्टिबल आयोजना गरिदै छ ,अथिति देबो भब : नारा सहित नेपाल जापान कुटनीतिक सम्बन्ध को ६०औ वर्ष गाठ को अवसरमा बिशेष रुपमा मनाईदै छ । सम्पूर्ण कार्य हरु अन्तिम चरणमा पुगेको जानकारी गराउन चाहन्छु ।

सत्य सदै तितो हुन्छ, गल्ती जो जसबाट पनि हुन सक्छ मा नै ठूलाे भन्ने भ्रम पाल्नु त्यो कमजोरी हो, गल्तीलाई सच्याएर अगाडि बढौ यो नै सबै को लागि लाभदाइ हुन्छ । 

१ THANK YOU JAPAN सम्बन्ध मा NRN जापान को भूमिका के थियो ? के राजदुताबास को एकल कार्यक्रम हो ? जानकारीको लागि :राजदुताबास टोकियो ,NRN र नेपाल पर्यटन बोर्ड को संयुक्त आयोजना मा भएको कार्यक्रम हो, राजदुताबासले नेपाल फेस्टिवललाई अत्यन्त महत्वका साथ 30000 पोष्टकार्डमा स्थान दिइएको भन्नु हास्यास्पद हो । किन कि NRN जापान पनि THANK YOU JAPAN कार्यक्रम को समान आयोजक हो । 

२ . दुताबास समक्ष पटक पटक मौखिक रुपमा र दुताबासको कार्यालयमा गैरआबासीय नेपाली संघ जापान का पदाधिकारी, विभिन्न संघ संस्था का प्रतिनिधि,नेपाल फेस्टिबल मूल आयोजक कमिटिका साथीहरु सहितको टिम ले नेपाली राजदुताबास टोकियो,जापानमा दूताबास समक्ष नेपाल पर्यटन बोर्ड र नेपाल जापान कुटनीतिक सम्बन्ध को ६०औ वर्ष गाठ भएकाले नेपाल र नेपाली कालागि अहोरात्र लग्नु हुने जापानी नागरिक, नेपाल लाई माया गर्ने जापानी, जापान सरकारका उच्च अाेहोदाका व्यक्तिहरु, सार्क राष्ट्रका महामहिम राजदुत ज्युहरुलाई निमंत्रणा दिने बिषयमा राजदुताबास समक्ष अनुरोध गरेका थियौ साथै पहल गर्ने आश्वासन पनि पाएका थियौ तर आज हामी अन्तिम चरणमा छौ कार्यक्रम भब्य रुपमा आयोजना गर्न सिंगो जापान बासी नेपाली जुटेर लागेको अवस्था छ । Detailed Time Schedule/Program को लागि आजसम्म पनि जानकरी नभएको, बारम्बार ताकेता गरियो भनिएको छ के मार्फत ताकेता गरिए छ फोन इमेल पत्र ?जानकारी पाउन पाए आभारी हुने थियौ साथै पटक पटक दुताबास बाट नमिल्ने कन्डिसन छ भने जानकारी पाउ भनेर निबेदन गरेका थियौ । 

३ .नेपाल फेस्टिवलको ब्यानर राजदुताबासको होम पेजमा राख्न को लागि पनि पटक पटक अनुरोध गरेको र १ हप्ता अगाडि मात्र अप गरिएको ।  
४ .सम्पूर्ण नेपाली हरुको अभिभाबक को भूमिका निर्बाह गर्ने राजदुताबासमा के के प्रक्रिया छ त्यो क हो जानकारी गराई दिनु पर्यो छुट्टै प्रकृया भए अभिभाबक भए पछि सुझाब दिनु पर्ने हैन ? नेपाल फेस्टिबलको जानकारी हरेक चोटी राजदुताबासलाई गरेका छौ, टेलिफोन मा कुरा हुदा हरेक चोटी अनुरोध गरेका छौ कसरी गर्दा ठीक होला को–को गेस्ट बोलाउदा ठीक होला भनेर सोध्न नहुने ? व्यक्तिगत इगोलाई लिएर सम्पूर्ण जापान बसी नेपालीको आखा मा धुलो हाल्नु यो कति सम्मको सेवा हो ? सोसियल मिडियामा बिलौना हैन जानकारी दिएको हो । अभिभाबकको भूमिका कस्तो हुनु पर्छ त्यो सायद सम्बन्धित निकाय लाई प्रस्ट थाहा होला, हामीबाट कमिकमजोरी भए अभिभाबकको हैसियतले सम्झाउने, बुझाउने जिम्बेवारी सम्बन्धित निकायको हैन र ?
जापानका सबै संस्था ,सबै वर्ग,जात ,धर्म ,पार्टी एकजुट भएर कार्यक्रम आयोजना हुदै छ । 

अब जिम्मेवारी तपाई हामी सबै जापान बासी नेपाली हरूमा…
आउनुहोस !
हातेमालो गरौ !!
नेपाली हुनुमा गर्ब गरौ !!!
नेपाल फेस्टिबल २०१६ सफल बनाऊ !!!!

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?