जापानी सेनाको बन्दीगृहमा पाशविक यातना पाएकी ली को कहानी

liसन् १९१०  देखि १९४५  को विचमा जापानी सेनाले कब्जा गरेको देशहरुमा कैयौं महिलाहरुलाई बलात्कार गरेको थियो । त्यसको लागि बलात्कार गर्ने केन्द्र नै बनाएको थियो।

अफसोसको कुरा त यो छ कि केहि जापानी नेताहरुले यसलाई ईतिहासमा जायज भएको भनिरहेका छन्। ली ओक-सिओन अहिले ८६ वर्ष कि भएकी छिन्।

 उनको पुरा जिन्दगि जापानी सेनाको यौन र मानसिक यातनाहरुले घेरिएको छ  । लीलाई तीन वर्ष सम्म जापानी सेनाको कैदी भएर बस्न बाध्य पारिएको थियो।

ली ले अब आफु माथि र आफु जस्तै अरुमाथि पनि भएको अत्याचारको काहानी दुनियाँलाई सुनाउन चाहन्छिन्। त्यहि प्रयासमा जर्मनी आएकी ली आज पनि त्यो दिनको सम्झना गर्छिन् जब उनलाई कोरिया बाट अपहरण गरिएको थियो।

त्यहिवेला उनी १४ वर्षकि थिईन् र बुसान भन्ने ठाउँमा बेलुकीपख घुमिरहेकी थिईन्। बेलुकाको ५-६ बजे आसपास केहि मानिसहरु आए अनि उनलाई जबर्जस्ती उठाएर लगे।

त्यसपछि उनलाई चीनमा बनाईएको एउटा बन्दीगृहमा लगेर राखियो। त्यो बन्दीगृहमा सैनिकहरुलाई मनोरन्जनका लागि त्यस्तै महिलाहरुलाई ल्याएर बन्दी बनाएर राखिने गरिन्थ्यो।

त्यहाँ हरेक दिन ली माथि सेनाहरुले बलात्कार गर्ने गर्थे। त्यो सिलसिला १९४५ को विश्वयुद्द समाप्त नभईन्जेल सम्म चलिरह्यो।

ती आततायी दिनहरु सम्झदै ली भन्छिन्, “त्यो स्थान मानिसहरुको लागि थिएन त्यो त कसाई खाना थियो। “

ली ओक-सिओन जस्ता लाखौ महिलाहरु जापानी सेनाहरुको बलात्कारको शिकार भएका थिए। जर्मनीको पोट्सडाम विश्वविद्यालयको इतिहासकार बेर्नड स्टोवर बताउँछन्, ” अनुमान गरे अनुसार त्यहाँ दुई लाख महिलाहरु थिए। “

अपहरण गरिएका महिलाहरुलाई त्यहाँ कम्फर्ट ओमेन भन्ने गरिन्थ्यो।

 १९१० देखि १९४४ को विचमा कोरियाली प्रायद्विप जापानको कब्जामा रहेको थियो।  त्यस समयमा कोरिया, चीन, मलेशिया र फिलिपिन्सका महिलाहरुलाई बलात्कार गरिएको थियो।

 जापानको नियन्त्रणमा रहेको पुरै ईलाकामा धेरै बलात्कार केन्द्रहरु खोलिएको थियो। त्यस केन्द्रको दर्दनाक कथा ली यसरी सम्झिन्छिन्,” हामीलाई प्राय पिट्ने गरिन्थ्यो चक्कुले हमला गरिन्थ्यो अनि धम्काईन्थ्यो पनि।

त्यहाँ ११,१२,१३ या १४ वर्षका बच्चाहरु पनि थिए। हामीलाई त्यहाँ कोहि बचाउन आउँछ जस्तो लाग्दैनथ्यो।

कैयौं केटीहरुले त त्यहाँ फाँसी लगाएर आत्महत्या गरेका थिए।”

एक दिन त ली लाई पनि आत्महत्या गर्न मन लागेको थियो रे तर उनले महसुस गर्दा त्यो काम भन्न त सजिलो छ तर गर्न धेरै नै कठिन जस्तो लाग्यो।

अनि उनले आत्महत्या भने गर्न सकिनन्।

क्रमश..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?