जापानी कम्पनीले बनाएको पोकमेन गो मोवाईल खेल संसारभर रुचाईयो

जापान।जापानको नितेदो कम्पनीको पोकमेन गो मोबाईल गेम संसारमा यति हिट भयो कि केवल सात दिनमा नै यसले अहिले सम्मको मोबाईल गेमहरुले बनाएका सबै रेकर्डहरु नै तोडिदियो ।

अमेरिकाको एप्पल आर्इट्यून्सको प्ले स्टोरमा यो खेल यति पपुलर भयो कि यो कुराको अन्दाज तपाईले यस बाट पनि लगाउन सक्नुहुन्छ कि जसका कारण केवल दुई दिनमा सोमबार नै नितेदो कम्पनिको शेयरको मार्केटको भाउ ३६ प्रतिशत बाट बढेर ७.५ मिलियन डलर पुग्यो ।

खास कुरो यो होकी निंतेंदो कम्पनिको यो पहिलो मोबाईल गेम हो जसलाई केवल अमेरिका, अष्ट्रेलिया र न्युजिल्यान्डमा रिलिज गरिएको थियो ।pokemon-go

यो गेमलाई गुगल बाट अलग भएको निआंतक र पोकमेन कंपनीले मिलेर बनाएका हुन् । नितेदोको पोक म्यान कम्पनीमा एक तिहार्इ हिस्सेदारी रहेको छ र दुवैले निआंतकमा लगानी गरेका छन् ।

निआंतकले सन् २०१२ मा नै यस्तै एउटा आगमेटेड वर्चुअल रिएलिटी गेम बनाई सकेको छ । निंतेंदोले २०१६ र २०१७ मा त्यस्तै नयाँ मोबाईल गेम लन्च गर्ने योजना बनाएर काम गरिरहेको बताईएको छ ।

एक एनालिटिक्स फर्मका अनुसार यो डेटिंग एप टिंडर र सोशल मीडिया एप ट्विटर भन्दा पनि बढी डाउनलोड  भैसकेको छ । त्यो फर्मका अनुसार गेमलाई औषत ४३ मिनेट सम्म खेल्न सकिन्छ जुन ह्वाट्स एप र इन्टाग्राम भन्दा पनि बढी हो ।

के हो पोकमेन गो मोबाइल गेम ?

पोकमेन गो एक एन्ड्रयुड मोबाइल गेम हो जसमा रियल र आगमेन्टेड वर्चुअल रिएलिटी समेत समावेश गरिएको छ । यो गेम खेल्नेहरुलाई खेलको क्रममा वरिपरी घुमेर फोनमा पर गेमिंग क्यारेक्टर ” पोकमेन ” चराहरु कलेक्ट गर्नु पर्ने हुन्छ  ।

बताईएको छ कि मानिसहरुले यो गेम यति धेरै खेलिरहेका छन् कि जसको कारणले  चोर पुलिसहरु पनि एक आपसमा मिलिरहेका हुन्छन् ।

विछोडिएका साथि र प्रेमिकाहरु एक आपसमा मिलिरहेका छन् र दुश्मन पनि साथि बनिरहेका छन् ।  पोकमेन गो गेमका फ्यानहरुले यो खेलले आफ्नो बाल्यकालको सबै ईच्छा र सपनाहरु पुरा गरिदिएको बताएका छन् ।

“यो खेल खेल्न थालेपछी तपाईलाई घरको न्यास्रो पनि मेटाउछ र यो खेल तपाईको जीवनको सबै चिज बन्न पुग्छ र सबै काम छोडेर तपाईले यसलाई खेल्न थाल्नु हुनेछ “, पोकमेन खेलका एक फ्यानले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?