यस्तो छ पत्याउँनै कठिन पर्ने जापानी इतिहास

japan_historyटोकियो । विश्वकै शक्तिशाली राष्ट्र मध्ये एक तथा आर्थिक रुपमा सबल राष्ट्रको रुपमा परिचित जापानको प्राचीन कथा हामीले पत्याउने भन्दा निकै नै दर्दनाक छ । जापान १३ शताब्दीमा निकै अस्थिर थियो । जतिबेला जापान सय वर्ष लामो गृहयुद्धको चपेटामा परेको थियो । सन् १६०३ मा तोकुगावा लेयासुले सत्ता कब्जा गरेका थिए । आजको शक्तिशाली राष्ट्र जापानको इतिहास तपाई हामीले साचेभन्दा फरक छ ।

१.जापानमा बाहिरबाट जान र घुम्न प्रतिबन्ध
जापानमा तोकुगोवाको २५० वर्षसम्मको शासनकालमा अन्य देशका नागरिकलाई जापान आउन तथा स्वयम जापानी नागरिकलाई अन्य देशमा जान निषेध थियो । सन १८५० को दशकमा अमेरिकाले जापानमा आक्रमण गरि यस नियमको अन्त्य गरेको थियो । सन् १६६३ मा तोकुगोवा तोमित्सुले दिएको यस्तो आदेश पश्चात जापानबाट भाग्न खोज्ने जो कोहीले पनि मृत्युदण्डको सजाय पाउँथे ।

२.जापानी नागरिकको औषत उचाइ ५.१ फिट
जापानी नागरिकको औषत उचाई ५.१ फिट मात्र थियो । जतिबेला प्रायः जापानीहरु ५.१ फिट उचाईका हुने गर्दथे ।

३.पैसाको रुपमा मानवीय मलमुत्रको प्रयोग
त्यसबेलामा जापानमा व्यापारको लागि मानिसको मलमुत्रको प्रयोग हुने गर्दथ्यो । जतिबेला सामान किनबेचको प्रक्रिया मानिसको पिसाब मार्फत गर्ने गरिन्थ्यो ।

४.पोर्नाेग्राफी बढी प्रचलनमा
यस समयमा अहिले आधुनिक पराकाष्ठा मानिएको पोर्नाेग्राफी निक्कै प्रचलनमा थियो । जापानमा प्राचीन समयदेखि नै प्रोनोग्राफीको प्रयोग गरिन्थ्यो ।

५.कविता प्रतियोगितामा हराउनु उत्कृष्टता
सो समयमा कविता प्रतियोगिता मार्फत एकले अर्काेलाई हराउनु ठूलो उपलब्धिको रुपमा लिइने गरिन्थ्यो ।

६ .डिभोर्स
त्यसबेलामा जापानी पुरुषलाई डिभोर्सको विशेष अधिकार थियो । कतिपय अवस्थामा भने केटी पक्षबाट डिभोर्स दिने अधिकारको माग पनि आउने गर्दथ्यो ।

७.इसाइ धर्मको प्रचारप्रसार
हाल जापानमा निक्कै कम संख्याले मान्ने इसाइ धर्म त्यति बेला निक्कै प्रचारमा थियो । जतिबेला जापानमा ३ लाख इसाई बसोबास गर्ने गर्थे ।

८.वेश्यावृत्तिलाई कानुनी मान्यता
कुनै समयमा जापानमा वेश्यावृत्तिलाई कानुनी मान्यता थियो । यसले कानुनी मान्यता पाएपनि यसको भित्री पाटो भने निकै दर्दनाक थियो ।History of Japan

९.प्रेमकहानी नाटकले आत्महत्याको संख्या बढाउने
जापानमा प्रेम कहानी नाटकको प्रदर्शनपछि आत्महत्या गर्ने मानिसको संख्यामा वृद्धि हुुने गर्दथ्यो । प्राय धनी मानिसहरु यौनकर्मीको प्रेममा फस्ने गर्दथे । १८ औँ शताब्दीका धेरै पुरुषहरु वेश्यावृत्तिको धन्दामा लागेकासँगै आत्महत्या गर्ने गर्थे ।

१०.निकै क्रुुर कानुनी व्यवस्था
सो समयमा जापानमा हत्याका आरोपीलाई निक्कै दर्दनाक सजाय दिइन्थ्यो । विद्रोहको आवाज नआओस भनेर जापानमा कडा कानुनी व्यवस्था गरिएको थियो । हार्नेहरुले आफ्नो पेटमा आफैले छुरा प्रहार गरि मर्नु पर्दथ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?