वर्ल्ड नेवा अर्गनाईजेशन द्वारा  भूकम्पले क्षतिग्रस्त सत्तल निर्माणका लागि सहयोग

नेपालमा गत वर्ष गएको विनाशकारी भूकम्पबाट पूर्ण रुपमा क्षतिग्रस्त ऐतिहासिक नाला करुणामय सत्तल  निर्माणको लागि वर्ल्ड नेवा: अर्गनाइजेशनले सहयोग गरेको छ ।
Nala Sattal Nirman

सो संस्थाका जापानका प्रतिनिधि  प्रमिला शाक्यले नाला करुणामय सत्तल निर्माणका लागि ३,१०,५५५  रुपैयाँ सहयोग गरेका हुन् ।

नालामा एक समारोहको आयोजना गरेर शाक्यले सत्तल निर्माण समितिका अध्यक्ष दिल बहादुर श्रेष्ठलाई सो रकम हस्तान्तरण गरिएको हो ।Pramila Shakya

वर्ल्ड नेवा अर्गनाइजेसनको सहयोगलाई धन्यवाद दिंदै श्रेष्ठले केहि महिनामा नै निर्माण कार्य सम्पन्न गरिने बताएका छन् । त्यस्तै  समारोहमा आफ्नो मन्तव्य राख्दै वर्ल्ड नेवा प्रतिनिधि प्रमिला शाक्यले नेपालीहरुको संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्नका लागि आफुहरुले संधै सहयोग गर्ने बताएकी छिन् ।

शाक्यले आफ्ना आमा ,बुवा ,बज्यै र वर्ल्ड नेवा: अर्गनाईजेशन जापानको नाममा उक्त रकम सहयोग गरेकी हुन् ।

गत वर्षको भूकम्पले ऐतिहासिक  नाला करुणामय मन्दिर प्राङ्गणको उत्तर दिशाको सत्तल  पूर्ण क्षतिग्रस्त भएको हुनाले आदिरत्न शाक्यज्युको संयोजकत्वमा नाला करुणामय सत्तल पुन: निर्माण सहयोग समिति गठन गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?