जापान भ्रमण गर्ने विदेशीको संख्या बढ्यो, ६ महिनामा ११.७१ मिलियनले भ्रमण गरे

Touristटोकियो । सन् २०१६ मा जापान भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।

सन्् २०१६ को पहिलो ६ महिनामा ११.७१ मिलियन विदेशी पर्यटकले जापान भ्रमण गरेका छन् । जापानको भ्रमण गर्ने विदेशीको संख्या पछिल्ला गत वर्ष भन्दा २८.२ प्रतिशतले वृद्धि भएको हो ।

जापानको पर्यटन एजेन्सीले सन् २०१५ को अन्तिम सम्ममा विदेशी पर्यटकको संख्या १९.७४ रहेको बताएको छ ।

जापानी सरकारले विदेश्ीा पर्यटकको लागि ल्याइएको करमुक्त किनमेलको विस्तार, भिजाकार्डको सरल प्रयोग जस्ता सुविधाको कारण विदेशी पर्यटकको संख्या वृद्धि भएको जापानको राष्ट्रिय पर्यटन संस्थाले जनाएको छ ।

जेएनटीओको तथ्याङ्क अनुसार जापानको गत वर्षको जनवरी र जुन महिनामा विदेशी पर्याटकको संख्या ९.१४ मिलियन थियो । जुन गत वर्षकै उच्च संख्या हो ।

त्यस्तै जापान पर्यटन एजेन्सीले निकालेको तथ्याङ्क अनुसार जापानमा आएका पर्यटकले जम्मा ९५३.३ विलियन यान अर्थात ८.९७ विलियन डलर खर्चेका छन ।

जापानी पर्यटक मध्ये आंशिक पर्यटकले विषेशतः घरेलु तथा शानदार सामाग्राीमा खर्च गर्ने गरेको तथ्याङ्कले देखाएको छ ।
विषेशत जापानमा जाने पर्यटकमा सबैभन्दा बढि चीनबाट ३.०८ मिलियन, दक्षिण कोरियाबाट २.३८ मिलियन, ताइवान बाट २.१६ मिलियन पर्यटक रहेका छन् ।

जापानमा गत जुनमा मात्रै १.९९ मिलियन पर्याटक भित्रिएका छन । जुन गत वर्षको जुन महिनाको संख्या भन्दा २३.९ प्रतिशतले बढी हो । गत वर्षको जुनमा जापानमा १.६ मिलियन पर्यटक भित्रिएका थिए ।

जसमध्ये चीनबाट भ्रमणको लागि आएका पर्याटकले अधिकतम ३ सय ५३ विलियन येन खर्चेका छन । जापानी सरकारले टोकियोमा २०२० मा आयोजना हुने ओलम्पिक तथा पाराओलम्पिकमा २० देखि चालिस मिलियनसम्म पर्यटक भित्राउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?