जापानी विश्वविद्यालयका सहयोगी पूर्व सहप्राध्यापक हिरासतमा

टोकियो । बंलादेशका एक जापानी विश्वविद्यालयका दश मध्ये एक सहयोगी प्राध्यापकलाई इस्लामिक गतिविधिमा क्रियाकलापमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि हिरासतमा लिइएको छ ।

सैजित चन्द्र देवनाथ नाम गरेका उनी क्योटोको रित्सुमेइकन विश्वविद्यालयका पूर्व सहप्राध्यापकको रुपमा कार्यरत थिए ।

स्थानीय प्रहरीले उनीसहित दश संदिग्धलाई बंगलादेशको ढाकामा भएको अस्थाई बन्धी संकट घटनाको अवलम्बन गरेको विषयमा अनुसन्धान गरेको छ । जसको जिम्मेवारी आतंककारी समूह इस्लामिक स्टेटले लिएको थियो ।

न्युयोर्क टाइम्सको अनलाइन सस्करणले संदिग्धहरुलाई आइएससंग सम्बन्धित संगठनको निरीक्षण गर्ने तथा बंगालादेशमा भएको घटनामा संलग्न भएको आरोप लागेको थियो ।

स्थानीय प्रहरीले उनीहरु बंलादेशको अस्थाई बन्धी संकटको घटनामा संलग्न नभएको हुन सक्ने सम्भावना बारे केहि बताएका छैनन ।

देवनाथ मध्य बंलादेशको हिन्दु परिवारमा जन्मिएका हुन । उनको परिवार बंगलादेशको ब्राम्हणबारीयामा कपडा पसल चलाउने गरेको जनाइएको छ ।

उनी बंलादेशस्थित स्यालहेट विश्वविद्यालयको पढाई पश्चात जापानमा उच्च शिक्षाको अध्ययनको लागि छात्रवृत्तिमा आएका थिए । जापानमा अध्ययनको लागि आएपश्चात उनी हिन्दु धर्म परिवर्तन गरि इस्लाम धर्ममा प्रवेश गरेका थिए ।

देवनाथ सन २०१५ मा आफ्नो परिवार भेट्न बंगलादेश पुगेका थिए । तर उनको पिताले बंगलादेशको एक वर्षदेखि उनी सम्पर्कविहीन रहेको बताएका छन ।
उनको जस्तै नाम गरेका रिट्सुमेकिन विश्वविद्यालयका अर्का सहप्राध्यापक भने सम्पर्क विहिन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?